ट्रेंडिंग:

>> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा

लुम्बिनीको बजेट ३८ अर्ब ९१ करोड कृषि, पर्यटन र पूर्वाधारमा जोड

गत वर्षकै हाराहारी बजेट,पुरानै कार्यक्रमलाई निरन्तर
२ असार २०८२, सोमबार
२ असार २०८२, सोमबार
लमही, ०२ असार । 
लुम्बिनी प्रदेश सरकारले लुम्बिनीको बजेटमा कृषिमा उत्पादन र उत्पादकत्व वृद्धि, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा पहुँच, उद्यमशीलता विकास, दिगो पूर्वाधार विकास, सामाजिक न्याय सहितको समावेशी विकास र उत्पादनशील रोजगारी सृजना गर्दै आर्थिक असमानता र गरिबी न्यूनीकरणमा सहयोग पुग्ने गरी बजेटले प्राथमिकतामा राखेको छ । गत बर्षकै हाराहारी बजेट प्रस्तुत भएको छ भने कार्यक्रम बजेट पुरानै कार्यक्रमलाई निरन्तर दिएको छ । बजेटको आकार घटाउने भनिएपछि नघटाई बजेट प्रस्तुत गरिएको छ ।
कृषि, पर्यटन र रोजगारी मुख्य प्राथमिकता दिँदै आर्थिक वर्ष २०८२/८३का लागि ३८ अर्ब ९१ करोड रूपैयाँको बजेट सार्वजनिक गरेको छ । ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ नाराका साथ प्रस्तुत बजेटले सामाजिक न्याय, समावेशी विकास, रोजगारी सिर्जना र दिगो आर्थिक वृद्धिमा केन्द्रित रहेको प्रदेश सरकारले जनाएको छ । आइतबार लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशनको तेह्रौँ बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गरेका हुन । जस अन्तरगत चालू खर्च: १२ अर्ब १ करोड ४७ लाख (३०.८८ प्रतिशत), पुँजीगत खर्च: २३ अर्ब ४७ करोड १४ लाख (६०.३२ प्रतिशत), वित्तीय हस्तान्तरण: ३ अर्ब ४२ करोड ३७ लाख (८.८० प्रतिशत) बजेट विनियोजन गरेको मन्त्री कार्कीले बताए ।
कृषि र सहकारी क्षेत्रमा काम गर्नका लागि प्रदेश सरकारले १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ। भूमि, कृषि तथा सहकारी मन्त्रालयमार्फत आधुनिक, व्यावसायिक र दिगो कृषि प्रणाली विकासलाई प्राथमिकता दिइएको छ । कृषिमा मात्रै ४ अर्ब ७२ करोड रुपैयाँ छुट्याइएको छ। प्राङ्गारिक कृषि प्रणाली विकासका लागि २ करोड, भैंसीपालन प्रवर्द्धन, स्थानीय उत्पादन वृद्धि र १५ सय किसानलाई घरमै सेवा दिने कार्यक्रमका लागि १ करोड १७ लाख तोरी र धान खेती प्रवर्द्धनका लागि विशेष कार्यक्रम कृषक अनुदानका लागि २१ करोड सिँचाइ, भूमि सुधार तथा सहकारी सुदृढीकरणमा बजेट विनियोजन भएको छ ।
उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका लागि १ अर्ब ९० करोड रुपैयाँ छुट्याइएको छ। प्रदेश सरकारले बुद्ध जन्मस्थल लुम्बिनीको सशक्त पहिचानका लागि “लुम्बिनी विकास प्राधिकरण“ गठन प्रक्रिया अघि बढाउने घोषणा गरेको छ । लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध शिखर सम्मेलनका लागि बजेट तराईमा रमाउने, पहाडमा घमाउने, हिमाल चढाउने नारासहित पर्यटन प्रवर्द्धन निजी क्षेत्रसँग सहकार्यमा पर्यटकीय पूर्वाधार विकास गुस्थरिय पूर्वाधार निर्माण देखि प्रदेश सरकारको बन्दै गरेका संरचना निर्माण देखि उद्योग विकास तथा यातायात व्यवस्थापनमा विशेष जोड दिएको उनले बताए । मन्त्री कार्कीका अनुसार बजेटले दिगो विकास, सामाजिक समावेशीकरण, रोजगारी सिर्जना र गरिबी न्यूनीकरणमार्फत उच्च आर्थिक वृद्धिको बाटो पहिल्याउनेछ । गुणस्तरीय शिक्षा, स्वास्थ्य, उद्यमशीलता र पूर्वाधार पनि बजेटका केन्द्रबिन्दु हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?