ट्रेंडिंग:

>> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै

रेमिट्यान्सबाट सरकार चलाउने बजेट: चित्रबहादुर केसी

२ असार २०८२, सोमबार
२ असार २०८२, सोमबार

काठमाडौं, २ असार

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटलाई कडा शब्दमा आलोचना गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बजेटलाई “कागलाई बेल पाक्यो, हर्ष न विस्मात” भन्ने उखानसँग तुलना गर्दै आम नेपाली जनताको पक्षमा नभएको टिप्पणी गरे।

उनले प्रत्येक वर्ष लाखौं नेपाली युवा श्रम बजारमा प्रवेश गरे पनि रोजगारी सिर्जना गर्ने योजना बजेटमा समावेश नभएको बताए। रोजगारी सिर्जना गर्न सक्ने मुख्य क्षेत्र कृषि भए पनि अझै पनि सामन्ती भूस्वामित्व कायम रहेको, किसानभन्दा भूमाफिया पोस्ने गरी नीति बनाइएको आरोप लगाए।

केसीका अनुसार, दुध र मासुमा मुलुक केही हदसम्म आत्मनिर्भर बन्दै गर्दा पनि सरकारी नीतिले आयात बढाएर स्वदेशी उत्पादनमाथि प्रहार गर्ने प्रयास गरिरहेको छ। यसले दीर्घकालमा कृषि प्रणाली नै ध्वस्त पार्ने खतरा रहेको उनको भनाइ छ।

उनले भने, “बजेट यस्तो छ, जसको स्वामित्व आम नेपाली जनताले लिन सक्दैनन्। बजेट मुठीभरका थैली शाह वर्गका लागि बनेको हो भन्ने देखिन्छ।” देशमा रहेका उद्योगहरू निजीकरण गरिँदै गर्दा सरकारले नयाँ उद्योग खोल्ने नीति छाडेको उल्लेख गर्दै उनले औद्योगिक क्षेत्रमा रोजगारी सिर्जना गर्ने आधार नै हराएको बताए।

अध्यक्ष केसीले वैदेशिक रोजगारीलाई राज्यले योजना नभएर लाचारीका रूपमा रोजेको जिकिर गरे। उनले भने, “हामीसँग एउटै उपाय बाँकी छ— कमिशन खाएर युवाहरू विदेश पठाउने, अनि तिनले पठाएको रेमिट्यान्सबाट संसद र सरकार चलाउने।”

छलफलमा भाग लिनुको उद्देश्य संशोधनको आशामा नभई बजेटको वास्तविकता जनसमक्ष पुर्‍याउने रहेको उनले स्पष्ट गरे। “बजेट प्रस्तुत हुँदा मनमा प्रश्न उठ्छ— छलफलमा भाग लिउँ कि नलिउँ। सरकार संशोधन गर्दैन भन्ने थाहा हुँदाहुँदै म जनताका लागि यो रोष्ट्रममा उभिएको हुँ,” उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?