© २०२३
बुटवल, २ असार –
ग्यास्ट्रो सेन्टर बुटवल ले गाउँ–गाउमा पुगेर निःशुल्क स्वास्थ्य उपचार सुरु गरेको छ । विभिन्न कारणले सहरमा उपचार गराउन नसकेका बिरामीहरुको उपचार र रोग पहिचान गर्न सजिलो होस भन्ने उद्देश्यले उपचार शिविर आयोजना गरिएको हो । सोही अन्तर्गत प्यूठान जिल्लाको बिजुवारमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन गरेको छ ।
पेट सम्बन्धित रोग लाई लक्षित गरी आयोजना गरिएको शिबिरमा ग्यास्ट्रो सेन्टर बुटवलका बरिष्ठ पेट कलेजो आन्द्रा तथा प्याङक्रियाज रोगका बिशेयज्ञ डा.मोहन भुसालको टिमले उपचार गरेको थियो । आयोजित शिबिरमा १ सय ५० भन्दा बढी बिरामीहरुले बिभिन्न रोग सम्बन्धित उपचार तथा परामर्स लिएका थिए ।

उपचारमा बिरामीहरुलाई निःशुल्क औषधि समेत बितरण गरीएको थियो । पहिलो पटक प्यूठानमा आयोजना गरीएको शिविरमा निः शुल्क इन्डोस्कोपी सेवा समेत प्रदान गरिएको थियो । जसमा १८ जना बिरामीले सेवा लिएको डा. भुसालले जानकारी दिए ।
ग्याष्ट्रो सेन्टर बुटवलले सामाजिक उत्तरदायित्व अभियान अन्तरगत विभिन्न जिल्ला गुल्मी अर्घाखाँची, प्यूठान र रुपन्देहीका विभिन्न दुर्गम बस्तीमा पुगेर निःशुल्क स्वाथ्य शिविर आयोजना गर्र्दै आएको छ । शिविरले गाउँमा रहेका बिरामीहरुको रोगहरुको पहिचान सँगै उपचारमा सहजता प्रदान गर्नुको साथै समयमा उपचार पाउने सन्चो हुने कुरालाई ध्यान दिदै शिबिर सन्चालन गदै आएको डा भुसालको भनाई छ । शिबिरको सहजीकरण निमतरा पोलिक्लिनिकले प्यूठानले गरेको थियो ।