ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

खडेरीविरुद्ध ऐक्यबद्धताको बेला

२ असार २०८२, सोमबार
२ असार २०८२, सोमबार

आज विश्व खडेरी विरुद्ध सङ्घर्ष दिवस । विभिन्न कार्यक्रम गरी यो दिवस नेपालमा पनि मनाइदैँ छ । बढ्दो मरुभूमीकरण र खडेरी विरुद्ध विश्व समुदायमै जनचेतना बढाउन र ऐक्यबद्धता कायम गर्नका लागि सन् १९९५ देखि हरेक वर्ष विश्व खडेरी विरुद्धको दिवस मनाईदै आएको छ । बढ्दो वातावरण विनाश, औद्योगीकरण तथा कार्बन उत्सर्जनको बढ्दो चुनौतीका कारण विश्वमा मनसुनी असन्तुलन बढेको छ । जसका कारण कतै लगातार र भीषण वर्षा हुने गरेको छ भने कतै महिना दिनसम्म पनि पानी नपर्दा खडेरीको अवस्था सिर्जना हुँदै गएको छ । खडेरीको यही समस्याका कारण आज विश्वभरिका ९० करोड मानिस कुनै न कुनै खाद्य सङ्कटको सामना गर्न बाध्य भइरहेका छन् । खडेरी या मरुभूमि करण भौगोलिक परिस्थिति अनुसार पनि हुने गरेको छ ।

जस्तो नेपालकै पोखरामा सबैभन्दा धेरै पानी पर्दछ । विश्वमै धेरै पानी पर्ने स्थान भारतको चेरापुञ्जी हो । तर, पछिल्लो समय ती स्थानमा समेत मनसुनको समयमा वर्षामा असन्तुलन हुनु चुनौतीको विषय हो । कतै वर्षामा बाढीको कहर त कतै पानी नपर्दा आकुलब्याकुल हुने अवस्था सिर्जना हुनु चुनौतीको कुरा हो । मानव जनसङ्ख्याको वृद्धिसँगै पछिल्लो शताब्दीमा भूमिको असमान वितरण, खण्डीकरण, मरभूमिकरण लगायतका कारण विश्वका अधिकांश देश खडेरीको चपेटामा पर्दै आएका छन् । नेपालमा पनि उत्तरी क्षेत्रको तुलनामा दक्षिण क्षेत्रमा थोरै मात्र पानी पर्ने गरेको छ । दक्षिण क्षेत्रमा मरुभूमीकरणको समस्या बढिरहेको छ ।

पहाडतिर रोपाई सकिँदा तराईमा पानी समेत नपर्ने अवस्था छ । प्राकृतिक असन्तुलनको समस्याका कारण चुनौती उत्पन्न भइरहेको छ । अव वातावरण संरक्षणको क्षेत्रमा लागेका अभियन्ताहरूले खडेरी विरुद्ध विश्वलाई एकजुट हुन र सङ्घर्षका लागि आह्वान गर्नुपर्दछ । खडेरीको समस्या आउनुको मुख्य कारणको खोजी गरी त्यसको नियन्त्रणका लागि पाइला चाल्नु नै आजको आवश्यकता हो । वास्तवमा यो दिवसले केवल खडेरीकोमात्रै वकालत गर्दैन खडेरीका कारण उत्पन्न खाद्य समस्या लगायत दीर्घकालीन असरको न्यूनीकरणका लागि गर्नुपर्ने प्रयासको विषयमा समेत आवाज उठाउने गरेको छ । पछिल्लो समय जमिनको खण्डीकरण ठुलो चुनौतीको रूपमा देखा परेको छ ।

जसको असर प्राकृतिक सम्पदामाथि पर्न थालेको छ । बढ्दो जनसङ्ख्या र कङ्क्रिटको सहर चुनौतीका रूपमा देखा परेका छन् । खडेरीको समस्याबाट जुझ्न विश्वले खाद्य सुरक्षादेखि वातावरणीय मुद्दाहरू, भू–संरक्षणको क्षेत्रमा गर्नुपर्ने काम लगायत विभिन्न मुद्दामा अव बहस पैरवी गर्नु जरुरी छ । खडेरी या मरुभूमि करणको समस्या २१ औँ शताब्दीमा प्रकृतिले भोग्दै आएको ठुलो समस्या हो भन्ने कुरा विश्वका ठुला औद्योगिक राष्ट्रहरूले बुझेको कुरा हो तर पनि बढ्दो कार्बन उत्सर्जन घटाउने तथा नियन्त्रण गर्ने विषयमा ध्यान दिएका छैनन् ।

जसका कारण समस्या झनै विकराल बन्दै गएको छ । पछिल्लो समय बेमौसमी वर्षा, अतिवृष्टि र खडेरीको समस्या बढिरहेकोले बाढी र पहिरोको प्रकोप समेत बढिरहेको हुँदा यी चुनौती सामना गर्नेतर्फ पहल आवश्यक छ । वास्तवमा खडेरीकै कारण तापक्रममा समेत वृद्धि हुँदै गएको छ । विश्वमा तापमान बढिरहेकोले चुनौतीको अवस्था सिर्जना भैसेकको छ । तसर्थ अबको दिनमा खडेरीको समस्या कसरी अन्त्य गर्ने भन्ने विषयमा सोच्नु जरुरी भैसकेको छ । वन जङ्गलको विनाश नियन्त्रण गर्ने, औद्योगीकरणबाट उत्सर्जित कार्बनको मात्रा घटाउने, तापमान वृद्धि नियन्त्रणका लागि अपनाउनुपर्ने उपायको खोजी गरेर खडेरी रोकथाम र नियन्त्रण गर्न सकिन्छ । तसर्थ नेपालका साथै विश्वको ध्यान अव त्यस दिशातर्फ जानु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?