ट्रेंडिंग:

>> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै

उद्योग र पर्यटन क्षेत्रमा लुम्बिनीको कम प्राथमिकता, १ अर्ब ९० करोडको सीमित बजेटले पर्यटन र उद्योग प्रवर्द्धनमा चुनौती 

२ असार २०८२, सोमबार
२ असार २०८२, सोमबार
बुटवल, २ असार ।

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत उद्योग, पर्यटन, यातायात सेवा र श्रम रोजगारी क्षेत्रलाई कम प्राथमिकतामा राखि रु. १ अर्ब ९० करोड मात्रै बजेट विनियोजन गरेको छ। पर्यटनको सम्भावना भएको लुम्बिनी प्रदेशमा पर्यटन प्रबद्धन गर्न सक्ने कार्यक्रम ल्याईएको छ तर बजेटको सिमितता देखिएको छ । सरकारको सिमित बजेट र कम प्राथमिक्ताले उद्योग पर्यटन ,यातायात र श्रम क्षेत्र नै ओझेलमा परेका छन ।

स्वदेशमै रोजगारी र स्टार्टअप प्रवर्द्धन 

प्रदेश सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्न उद्यमशीलता विकास, सीपमूलक तालिम, स्वरोजगार र नवप्रवर्तनमूलक स्टार्टअप कार्यक्रमहरूलाई प्राथमिकता दिएको छ। युवालाई लक्षित गर्दै प्रविधि हस्तान्तरण र परीक्षणसहितको सीप विकास कार्यक्रमका लागि रु. ४ करोड ६५ लाख छुट्याइएको छ।

उपभोक्ता संरक्षण र घरेलु उत्पादन प्रवर्द्धन   

“क्रेता–बिक्रेताको सम्बन्धको आधार; उचित मूल्य, गुणस्तरीय वस्तु, विश्वासको व्यापार” भन्ने नारासहित उपभोक्ता अधिकार संरक्षण र व्यवसायिक सचेतनाका कार्यक्रम सञ्चालन गरिनेछ। रुकुम (पूर्व) मा सुपथ मूल्य पसल सञ्चालनको व्यवस्था गरिएको छ। साथै, घरेलु मदिराको ब्राण्डिङ, बजारीकरण र कानुनी प्रबन्धको तयारी पनि गरिएको छ।

धार्मिक र प्राकृतिक पर्यटन प्रवर्द्धनमा बजेट केन्द्रित  

बाँकेको बागेश्वरीदेखि रोल्पाको जलजला, रुकुमको मैकोट, पाल्पाको रानीमहल हुँदै कपिलवस्तुको जगदीशपुर तालसम्मका पर्यटकीय, सांस्कृतिक र ऐतिहासिक स्थलहरू संरक्षण गरी पर्यटन प्रवर्द्धन गरिनेछ। रुरु क्षेत्रको गुरुयोजना, लुम्बिनी अन्तर्राष्ट्रिय शिखर सम्मेलन, हिमालयन पदमार्ग विकास, तथा “लुम्बिनीमा पाइला टेक” अभियानलाई गति दिन बजेट विनियोजन गरिएको छ।

प्रदेशमा रहेको प्राकृतिक, साँस्कृतिक, कृषि, खेलकुद, साहसिक र आरोग्य पर्यटनलाई प्रवर्धन गर्न निजी क्षेत्रसँगको सहकार्यमा विविध कार्यक्रमहरू सञ्चालन गरिनेछ, जसका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको छ। ८० करोड रुपैयाँ महत्वपूर्ण पर्यटकीय गन्तव्यहरूको पूर्वाधार विकास, संरक्षण र प्रवर्द्धनका लागि छुट्याइएको छ। निजी क्षेत्रको सहकार्यमा “तराईमा रमाउने, पहाडमा घमाउने, हिमाल चढाउने” कार्यक्रम लागू गरिनेछ।

यातायात सेवा डिजिटल बनाउने पहल  

“मोबाइल हातमा: यातायात सेवा साथमा” नारासहित सवारीसाधन र चालक विवरण अनलाइन प्रणालीबाट उपलब्ध हुने व्यवस्था मिलाइनेछ। सवारी चालक अनुमति पत्र छपाइका लागि रु. १ करोड ५० लाख विनियोजन गरिएको छ।

वैदेशिक रोजगारीबाट फर्केकालाई स्वरोजगारमा जोड 

वैदेशिक रोजगारीबाट फर्केका युवाहरूको सीप परीक्षण, वित्तीय साक्षरता र न्यायमा पहुँचका लागि रु. २ करोड विनियोजन गर्दै उनीहरूलाई स्वरोजगारमा जोड्ने कार्यक्रम अगाडि बढाइनेछ। साथै, “महिनाको एक दिन श्रमदान” अभियान सञ्चालन गरिनेछ।

लुम्बिनी प्रदेशका प्रदेश सरकारका उद्योग, पर्यटन, यातायात मन्त्री प्रचण्ड बिक्रमले सरकारको बजेटले उद्यमशीलता, पर्यटन, यातायात व्यवस्थापन र श्रमिक सशक्तिकरणजस्ता क्षेत्रहरूमा स्पष्ट नीति, संरचना र लगानीमार्फत आर्थिक गतिशीलता र रोजगारीमा टेवा पुर्‍याउने अपेक्षा गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?