ट्रेंडिंग:

>> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो

स्वास्थ्य बिमा कार्यक्रम: अस्पतालले दियो, सरकारले दिएन

२ असार २०८२, सोमबार
२ असार २०८२, सोमबार

नवलपरासी, ०२ असार । 

सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले सरकारद्वारा लागु गरिएको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत पृथ्वी चन्द्र अस्पतालले बेलामै रकम भुक्तानी नपाउँदा समस्या झेल्न परेको जनाएको छ । अस्पतालले आफ्नो आन्तरिक आयबाट औषधी उपचार गर्ने तर बेलामा बिमाले भुक्तानी नगरिदिँदा पुँजी फसेर अन्य सेवालाई प्रभावित गर्दा समस्या झेल्न परेको हो ।

अस्पतालका लेखा प्रमुख लल्लन कुर्मीका अनुसार तिन करोड भन्दा बढी रकम बिमाबाट अस्पतालले पाउनु पर्ने बताए । पटक पटक ताकेता गर्दा पनि रकम भुक्तानीमा ढिलाइ भएछ, उनले भने, तर अस्पतालमा आउने बिरामीलाई सेवा रोक्न मिल्दैन,जहाँबाट भए पनि जोहो गरेर बिरामीलाई बिमा सेवा बापत पाउने स्वास्थ्य सेवा दिनै पर्छ । यदि बेलामै बिमा रकम भुक्तानी हुँदै जान्थ्यो भने अस्पतालका अन्य सेवा रकम अभावले प्रभावित छन्, ती सेवाहरू पनि सुचारु गराउन सहज हुने थियो । उनका अनुसार अस्पतालले विभिन्न निकायसँग भुक्तानी दिइनु पर्ने दुई करोड बढी रकम बक्यौता देखिन्छ,तर बिमाबाट तिल करोड रकम पाउनु पर्ने पनि छ ।

यदि तिन करोड रकम भुक्तानी हुन्थ्यो भन्ने एक करोड रकम अस्पतालको रकम बचत हुन्थ्यो । त्यही रकमले अस्पतालमा सञ्चालन हुने आँखाको अप्रेसनका लागि मेसिन र उपकरण खरिद गरी अप्रेसन सेवा सुरु हुन्थ्यो । मेसिन र उपकरण नहुँदा चिकित्सक अस्पतालमा सामान्य सेवा दिँदै बसेका छन् । बिमा गरेका बिरामीले त्यही बिमाबाट निःशुल्क आँखाको अप्रेसन पनि गराउन पाउँथेँ, सेवा विस्तार हुन्थ्यो, तर दुर्भाग्य सेवा दिन सकिएको छैन ।

सधैँ कुनै कुनै समस्या आउँदा बिमा प्रति आकर्षण कम हुँदै गई रहेकै बेला अहिले सर्वर डाउन जस्ता समस्या देखिन थालेको हो ।  विमाले यहीँ असार भित्र वर्ष भरिको केही डाटा मिसिँग भएकोले पुनः डाटा प्रविष्टको लागि म्याद थपेको छ । अहिले पुनः डाटा प्रविष्टि गर्दा कर्मचारीलाई भ्याई न भ्याई छ । खर्च भई सकेको बिमा रकमका लागि आवश्यक सबै डाटा प्रविष्ट सचेत भएर गर्नु पर्ने र त्यसका लागि जिम्मेवार कर्मचारीले गर्नु पर्ने अस्पतालका अध्यक्ष जगदिश चौधरीले बताएका थिए । सामाजिक स्वास्थ्य बिमाको माध्यमबाट सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले नेपाल सरकारले आर्थिक वर्ष २०७२/०७३ साल देखी स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याएको थियो ।

स्वास्थ्य सेवा उपयोगको क्रममा अनियोजित रूपमा भई रहेको व्यक्तिगत खर्चलाई व्यवस्थित गर्दै उपलब्ध स्रोतको प्रभावकारी व्यवस्थापन गर्न मद्दत मिल्ने र सो कार्यक्रमले स्वास्थ्यमा सर्व व्यापी पहुँच बनाउने लक्ष्य लिइएको थियो । नेपाललाई सशक्त बननउदै सन २०३० असार मसान्तसम्म दिगो बिमा गरेर बिमा अन्तरगतका सेवा प्रवाह गर्ने स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकले बिमा मापदण्ड अनुसार औषधी लेख्नुको सट्टा विभिन्न प्रलोभनमा परेर पोषण युक्त खाद्य सामग्रीको प्रिस्कृप्सन लेख्दा ती संस्थामा नपाउने र बाहिरका मेडिकलहरूमा किन्नु पर्ने हुँदा उक्त बिरामीहरूले पनि बिमा गरेको भए पनि औषधी बाहिर किन्न परेको गुनासो गर्ने गरेका छन् ।

जबकि त्यो औषधी हुँदैन,(फुड सप्लिमेन्ट्र ) खाद्यपूरक सामग्री हुन्छ । तर बिरामीले त्यसलाई पनि औषधी नै बुझेको हुन्छ ।ती खाद्यपूरक सामग्रीलाई नै बाहिरका मेडिकलहरूले महँगो मूल्य तिराएर बेच्दा जनमानसमा महँगो औषधी चिकित्सकले लेख्ने त्यो पनि अस्पतालका फार्मेसीमा नफाइने हुँदा बाहिर किन्न परेको अवस्था देखाउँछ । त्यस्ता क्रियाकलापले पनि बिमा प्रति नकारात्मक असर पर्ने गरेको छ । उक्त बिमा गर्ने व्यक्ति नागरिकलाई भेटाउन सहज नहुनुले पनि बिमा प्रति नकारात्मकता बढी देखिएका छन् ।

बिमा लागु भएको दशक पुग्न लाग्दा पनि जिल्ला भित्रका एक तिहाइ नागरिकले मात्र बिमा गरेको तथ्याङ्क जिल्ला स्वास्थ्य कार्यालयले प्रकाशन गरेको प्रतिवेदनले देखाउँछ ।नवलपरासीमा पृथ्वीचन्द्र जिल्ला अस्पताल सहित चिसापानी अस्पताल बर्दघाट,जगन्नाथपुर प्राथमिक स्वास्थ्य केन्द्र प्रतापपुर र पाल्हीनन्दन आधारभूत अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम आर्थिक वर्ष २०७७ फागुन महिना देखी लागु भई सेवा प्रारम्भ गरेका थिए । सामाजिक स्वास्थ्य बिमा कार्यक्रमसँग २०८० असार मसान्तसम्म उल्लेखित संस्थाहरू आबद्ध भएको कुरा स्वास्थ्य कार्यालयको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०८०/०८१ सम्ममा स्वास्थ्य बिमा कार्यक्रमको मुख्य सूचकहरूको अवस्था अनुसार हालसम्म ४९ हजार ७ सय २८ जनाले बिमा गरेकोमा ३७ हजार ३ सय ३ जना सामान्य,११ हजार ६ सय ७७ जना ज्येष्ठ नागरिक,१ सय ८७ जना एचआईभि सङ्क्रमित,३ जना एमडिआर टिबी,१८ जना कुष्ठ रोगी, २ सय २२ जना महिला स्वास्थ्य स्वयंसेविका र ३ सय १२ जना पूर्ण अपाङ्गता भएका व्यक्ति रहेका रहेका छन् । उनीहरूबाट जम्मा ५ करोड ७ लाख ४५ हजार ७ सय ५० रुपियाँ प्रिमियम सङ्कलन भएको थियो ।

बिमा कार्यक्रमका प्रमुख समस्यामा नवीकरण गर्ने सेवाग्राहीको सङ्ख्या कम हुनु र दतौ सहयोगीको निष्क्रियता बढ्नु कार्यालयले उल्लेख गरेको छ । समाधानका उपायमा गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता हुनु पर्ने र प्रोत्साहन गर्ने खालका कार्यक्रमहरू ल्याउनुपर्ने साथै यसका लागि प्रमुख जिम्मेवार दर्ता सहयोगी संस्था तथा सेवा प्रदायक संस्थाहरू र राष्ट्रिय बिमा बोर्ड तथा स्थानीय सरकारहरू जिम्मेवार हुनुपर्ने कुरा पनि स्वास्थ्य कार्यालयले औँल्याएको छ । जिल्लाको कुल जनसङ्ख्या ३ लाख ८४ हजार ८ सय ६८ भए पनि बिमा सेवा ५० हजार पनि नपुग्नुको कारण बिमा प्रति जनताको आकर्षण बढाउन नसक्नु नै तथ्याङ्कले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?