ट्रेंडिंग:

>> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

‘सुस्ता बचाउने अभियान’ : आम नेपालीको साझा अभियान

२ असार २०८२, सोमबार
२ असार २०८२, सोमबार

बुटवल, २ असार । ऐतिहासिक भूमि सुस्ताको रक्षा र सम्मानका लागि सञ्चालित ‘सुस्ता बचाउने अभियान’ आम नेपालीको साथ सहयोगकै कारण निरन्तरता पाएको अभियन्ता आदम खानले दाबी गरेका छन । बुटवलका अगुवा समाजसेवी, शैक्षिक, बुद्धिजिवीहरुसंग सोमबार गरिएको अन्तरक्रिया कार्यक्रममा अभियानका अध्यक्ष समेत रहेका आदम खानले ऐतिहासिक भूमि सुस्तामा बसोबास गर्दै आएका नेपालीहरूको दशकौंदेखि पिरमर्का भोग्दै आएको उल्लेख गरे । नेपाल राज्यको प्रतिनिधित्व गर्ने व्यक्तिहरूले समेत विभिन्न कालखण्डमा सुस्तालाई संरक्षण गर्न प्रयास गरे पनि भारतको अतिक्रमण अझै नरोकिएको भन्दै अभियान राष्ट्रियताको विषयमा आम नागरिकमा चेतना जगाउन भने सफल भएको उनको दाबी छ ।
सुस्ताको इतिहासबारे जानकारी दिँदै अध्यक्ष खानले भने, “राजा महेन्द्रले सुस्तालाई बिर्ता स्वरूप बडागुरु महाराजलाई दिएका थिए । पछि २०१८ सालमा राजदरबारका राम बहादुर क्षेत्रीले पत्राचारमार्फत त्यहाको बारेमा अवगत गराएका थिए ।” बिसं २०२७ सालमा नाप नक्साका लागि गएका कर्मचारीलाई मुद्या लागेर एक वर्षसम्म थुनामा बस्नुपरेको, २०३४ सालमा आएको बाढीले सुस्ता मरुभूमिमा परिणत गरेको र २०३६ मा स्थानीयवासी मोक्षधाम क्षेत्रमा बसोबास गर्न पुगेको ऐतिहासिक प्रसङ्ग पनि उनले स्मरण गराए । अध्यक्ष खानका अनुसार हाल १४ हजार हेक्टर नेपाली भूमि भारतले अतिक्रमण गरेको छ, भने १९ हजार ४ सय हेक्टर भूमिमाथि भारतले विवाद सिर्जना गरेको छ । यसैबिच “२८ फागुनमा उखु रोप्ने बेला भारतीय एसएसबी फोर्स आएर कुटपिट र अपहरण प्रयास गरे, स्थानीयको प्रतिकारपछि उनीहरू फर्किए,” उनले बताए । हाल भारत सरकारले सो घटनासँग सम्बन्धित १४ जना नेपालीमाथि मुद्दा चलाएको उनको दुखेसो छ । सुस्तामा विकास निर्माण कार्य ढिलाइ भएकोप्रति अध्यक्ष खानले आक्रोश व्यक्त गरे । सडक, पुल, शिक्षा जस्ता आधारभुत कार्य ढिलाई भएको भन्दै नेपाली सेनाको अग्रसरतामा नमुना पुस्तकालयको निर्माण भएको बताए । योजनागत ढिलासुस्ती, मापन त्रुटि र राजनीतिक इच्छाशक्तिको अभावले सुस्ताको विकास अवरुद्ध भएको उनले बताए । “पुल सर्भे गर्दा समेतमा सहि ढंगबाट हुन नसक्दा केही त्रुटि देखिएको छ ।” पुलको १५७५ मिटर छ । वर्षामा डुगा हुदै पुलमा जानुपर्ने अवस्था आएको उनले बताए ।
सुस्तावासीको मूल समस्या भनेकै भूमि स्वामित्व र नागरिकताको हो । “हामीले नेपालको भूमि जोगाउन छाती थापेका छौं, तर हामीसँग नागरिकता छैन,” उनले दुःखेसो गरे । सुस्ताको नाप नक्सा आवश्यक रहेको, नागरिकताको अभावले आधारभूत सेवाबाट बञ्चित गराएको उनले बताए ।

कार्यक्रममा कालिका कलेजका प्राचार्य घनश्याम पाठकले राज्य सत्ता र नेतृत्वमा रहेका दलले आफ्नो भूमिका निर्वाह नगरेको बताए । “बैकल्पिक शक्तिका रूपमा निरन्तर सहयोग गर्न तयार छौं,” उनले प्रतिवद्धता जनाए ।

त्यस्तै, दीप बोर्डिङ स्कुलका प्राचार्य टिकाराम न्यौपानेले विश्वभरका सबै ऐतिहासिक आन्दोलनहरू व्यक्तिको पहलबाट सुरु भएको उल्लेख गर्दै अभियानलाई अडियो–भिडियोको माध्यमबाट प्रवद्र्धन गर्न सुझाव दिए ।
कार्यक्रममा शंकरनगर वनबाटिका तथा अनुसन्धान केन्द्रका अध्यक्ष खिमलाल पाण्डे, डा. नेत्र रानाले आ–आफ्नो धारणा राख्दै अभियानमा ऐक्यबद्धता जनाए ।

विद्यालयका छात्रछात्राहरुलाई लक्षित गरि राष्ट्रियता, बीर पुर्खाको योगदान र युवाको भुमिका विषय वृहत अन्तरक्रिया कार्तिकमा गर्न लागेको अभियानका युवा संयोजक योगेन्द्र गौतमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?