ट्रेंडिंग:

>> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च

मदन भण्डारी फाउन्डेसन जिल्ला गठन

२ असार २०८२, सोमबार
२ असार २०८२, सोमबार

सन्धिखर्क, ०२ असार ।

मदन भण्डारी फाउन्डेसन जिल्ला समिति अर्घाखाँचीको गठन गरिएको छ । शनिबार जिल्ला भेला आयोजना गरी एमाले नेता एवं अर्घाखाँचीका राजनीतिक, शैक्षिक र सामाजिक व्यक्तित्त्व श्रीकृष्ण भुसालको नेतृत्वमा मदन भण्डारी फाउन्डेसन अर्घाखाँची शाखा गठन गरिएको हो । मदन कुमार भण्डारीको राजनैतिक योगदान, सोच बिचारहरूको संरक्षण एवं तिनको व्याख्या विश्लेषण र विकास गर्न, सामाजिक रूपान्तरण, लोकतन्त्र र राष्ट्रियताका लागि उनले दिएको योगदानलाई चिरस्थायी बनाइ राख्न, उनको काम र अनुभवबाट नयाँ पुस्तालाई प्रशिक्षित गर्ने उद्देश्यले जिल्लाका सबै पालिकाबाट प्रतिनिधित्व हुने गरी शनिबार जिल्ला भेला आयोजना गरी मदन भण्डारी फाउन्डेसन अर्घाखाँची जिल्ला समितिको गठन गरिएको छ ।

१५ सदस्यीय समितिको सदस्यहरूमा बिष्णु प्रसाद मिश्र, दुर्गा अधिकारी, शोभाखर पाण्डे, रूपा प्रधान, जानका खनाल, खिमानन्द खनाल, मोति भट्टराई, ऋषि घिमिरे, कमल बेल्बासे, मेनुका पौडेल, राधा पराजुली, बिमला पौडेल, हरिलाल खनाल, शंकर न्यौपाने रहेका छन् । शनिवार अर्घाखाँचीको पर्यटकीय क्षेत्र नरपानीमा रहेको नरपानी सुप देउराली रिसोर्टमा सम्पन्न भेलामा शुभकामना मन्तव्य राख्नुहुने वक्ताले मदन भण्डारी समकालीन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिका शिखर व्यक्तित्व, नवीन विचारक तथा उन्नत राजनीतिक सांस्कृतिक प्रणेता, सिद्धान्तनिष्ठ राजनीतिज्ञ भएको बताएका छन् ।

कार्यक्रममा शुभकामना नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सचिवालय सदस्य लक्ष्मण रायमाझी, केन्द्रीय सल्लाहकार परिषद् सदस्य नरेन्द्र कुमार क्षेत्री, एमाले लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे, मदन भण्डारी फाउन्डेसन केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज बल बहादुर आचार्य, एमाले नेता एवं सङ्घीय प्रतिनिधि सभा सदस्य बिजुला रायमाझी, एमाले अर्घाखाँची जिल्ला कमिटी अध्यक्ष पीताम्बर भुसाल, एमाले नेता एवं शितगङ्गा नगरपालिका उप प्रमुख गीता भाट मन्तव्य राख्दै राखेका थिए ।

कार्यक्रम मदन भण्डारी फाउन्डेसन महाधिवेशन प्रतिनिधि श्रीकृष्ण भुसालको अध्यक्षता, युवा नेता शोभाखर पाण्डेको सञ्चालन र ऋषि घिमिरेले भेलामा नेकपा एमाले प्रदेश कमिटी सदस्य सरोज भुसाल,एमाले नेता प्रेमनारायण गैरे, प्रदेश सल्लाहकार एवं एमालेका पुराना नेता काशिराम आचार्य, नारायण खनाल,मालारानी गाउँ पालिका पूर्व अध्यक्ष बालकृष्ण आचार्य, ओपि पाण्डे, पाणिनी क्याम्पस सह प्राध्यापक बाबुराम शर्मा लगायतले आ–आफ्नो भनाई राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?