© २०२३
काठमाडौँ ।
पर्साको सानो पाइला सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।
प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएको झन्डै एक महिनापछि सरकारी वकिल कार्यालयले आइतबार अदालतमा मुद्दा दायर गरेको हो।
पर्सामा पनि रवि लामिछानेसँगै नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई पनि प्रतिवादी बनाइएको छ। उनीहरु दुवै जना रुपन्देहीको सुप्रिम सहकारी ठगीको अभियोगमा कारागारमा छन्। बाँकी २७ जना प्रतिवादी भने फारर रहेको अदालतमा दायर अभियोग पत्रमा उल्लेख छ।
रवि लामिछानेको हकमा ५ करोड ७४ लाख ३० हजार ३ सय ३३ रुपैयाँ ३३ पैसा बिगो कायम गरिएको छ। यस्तै जोशीलाई ३ करोड २४ लाख ३३ हजार रुपैयाँ ३३ पैसा बिगो कामय भएको छ। सानोपाइला सहकारी ठगीको आरोपमा २०६ जना पीडितले जाहेरी दिएका थिए।