Butwal Today

सभामुखले दादागिरी देखाएको राप्रपाको आरोप

१ असार २०८२, आइतबार
अ+
अ-

काठमाडौँ, १ असार ।

सभामुख देवराज घिमिरेले प्रतिपक्षीले अवरोध गरिरहेको बेला संसद् बैठक चलाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आलोचना गरेको छ । आफूहरूका माग बेवास्ता गरेर प्रतिनिधिसभाको बैठक चलाइनु ‘दादागिरी’ भएको टिप्पणी गरेको राप्रपाले भिजिट भिसा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजीनामा दिनु पर्ने माग पुनः दोहोराएको छ।

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरणमा दोषीमाथि कारबाही गर्नुपर्ने विषय टुङ्गोमा पुर्‍याइ संसद् सुचारु गरेको भन्दै आपत्ति जनाएका छन्। ‘संसद्‌मा आन्दोलन भइरहँदा यसरी संसद् चलाउनु उचित हुन्छ कि हुँदैन,” उनले भने, “यसरी संसद् चलाउनु संसदीय अभ्यास होइन, दादागिरी हो, दादागिरी बन्द गर्नुस् ।”

राप्रपा सांसद प्रतिनिधिसभा बैठकमा आफ्नो आसनमा उभिएका छन् भने रास्वपाका सांसदले बेल घेराउ गरे पनि सभामुख घिमिरेले संसद् सुचारु गरे पछि राप्रपा र रास्वपा आक्रोशित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?