© २०२३
बुटवल, १ असार ।
वर्षाैंदेखि राज्यलाई बुझाउनुपर्ने लाखौँ रुपैयाँ राजश्व नबुझाई सडकमा गुड्दै आएका यातायातका मालवाहक सवारीसाधनहरू धमाधम कारबाहीमा पर्न थालेका छन् । यातायात व्यवस्था सवारी कार्यालय बुटवलले आफ्नै अगुवाइमा सडकमा पुगेर चेकजाँच गर्न सुरु गरेपछि लामो समयदेखि राज्यलाई बुझाउनु पर्ने लाखौँ बाँकी बक्यौता रकम नबुझाएका धेरै सवारी साधनहरू कारबाहीमा परेका हुन ।
शुक्रबार रुपन्देहीको बेलबास बेथरी सडक खन्डको अगुवामा गरिएको छड्के चेकजाँचमा लामो समयसम्म राज्यलाई बुझाउनुपर्ने लाखौँ रुपैयाँ राजश्व नबुझाई गुडिरहेका मालवाहक टिप्पर ट्याक्टरहरू कारबाहीमा परेका हुन् । यातायात व्यवस्था सवारी कार्यालय बुटवल नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल जिल्ला प्रशासन कार्यालय रुपन्देही सञ्चारकर्मीको रोहबरमा गरिएको चेकजाँचमा एक दर्जन बढी टिप्परहरू ट्याक्टर कारबाहीमा परेका हुन् ।
लामो समयसम्म राज्यलाई बुझाउनु पर्ने कर नतिरेका जाँचपाँस नगरेका रुट परमिट नभएका लाईसन्स बिल बुक साथमा नभएका सवारीसाधनहरूलाई नियन्त्रणमा लिएर प्रहरीकोमा राखिएको यातायात व्यवस्था कार्यालय सवारी बुटवलका कार्यालय प्रमुख खुमलाल भुसालले बताए । राज्यलाई बुझाउनुपर्ने कर नतिरेका धेरै सवारीसाधनहरू कारबाहीको दायरामा ल्याउन चेकजाँचलाई तीव्र पारिएको बताए ।
प्रमुख भुसालले भने एक घण्टा गरिएको छड्के चेकजाँचमा एक दर्जन बढी सवारी साधनहरू कारबाहीमा पर्नुले आउने दिनमा चेकजाँचलाई थप कडाइ गरिने उनको भनाइ छ । नियमित चेकजाँचले सवारी साधनहरूले समयमा कर बुझाउन आवश्यक पर्ने कागजपत्र चुस्त दुरुस्त राख्न यस्ता चेकजाँचहरूले सहयोग मिल्ने भुसालको भनाइ छ । पहिलो दिनको चेकजाँचबाट करिब ७ लाख बढी राज्यलाई राजश्व सङ्कलन भएको भन्दै प्रमुख भुसालले भने–बिशेषगरी मालवाहक टिप्पर र ट्याक्टरमा राजश्व नतिरेका समस्या देखिएको छ नियमित छड्के चेकजाँच गरेर कारबाहीको दायरामा ल्याउने राजश्व उठाउने मुख्य उद्देश्य रहेको बताए ।