Butwal Today

बजेटमाथिको सैद्धान्तिक छलफलको समय आधा घटाइयो

१ असार २०८२, आइतबार
अ+
अ-

काठमाडौं ।

संसदले सरकारले प्रस्तुत गरेको आर्थिक वर्षको राजश्व र व्यय अनुमानमाथिको सैद्धान्तिक छलफलका लागि तय गरेको समय आधा घटाएर दुई दिन मात्रै तोकेको छ। सभामुख देवराज घिमिरेले आइतबार र सोमबार मात्र यस्तो छलफल हुने जानकारी दिएका हुन्।

पहिले चार दिनका लागि निर्धारण गरिएको छलफल समय अब आधा घटेर दुई दिनमात्र सीमित गरिएको छ।गत भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध गरेपछि बजेट प्रस्तुत भएको १७ दिनसम्म पनि बजेटमाथि छलफल हुन सकेको थिएन।

सैद्धान्तिक छलफलपछि मन्त्रालयगत छलफल सुरु गरिनेछ। यसैबीच, संसद्मा विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक विचाराधीन अवस्थामा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?