© २०२३
काठमाडौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले मानव बेचबिखनसम्बन्धी प्रकरणमा छानबिन समिति गठन नभएसम्म संसदमा अवरोध जारी रहने बताएका छन्।
सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग गरेको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शाहीले गृहमन्त्री रमेश लेखकले संसदमा शुक्रवार दिएको अभिव्यक्ति धम्कीपूर्ण रहेको टिप्पणी गरे। उनले मानव बेचबिखन प्रकरणको निष्पक्ष अनुसन्धान हुनुपर्ने र त्यसका लागि छानबिन समिति अपरिहार्य रहेको बताए।
शाहीले भने, “गृहमन्त्री धम्कीपूर्ण भाषामा प्रस्तुत हुनुभयो। अहिलेका मात्र होइन, अघिल्ला गृहमन्त्रीहरू पनि छानबिनको दायरामा आउनुपर्छ। गृह मन्त्रालय र सरकारले छानबिन समिति नबनाएसम्म हामी विरोधका कार्यक्रम जारी राख्छौँ।”
त्यस्तै, उनले नेकपा (माओवादी केन्द्र)माथि छेपारोझैं रङ फेर्ने व्यवहार देखाएको आरोप लगाए। शाहीले माओवादीसँग सहकार्य गरेर संसद्का काम अघि बढाउने कुनै सम्भावना नरहेको स्पष्ट पारे।