© २०२३
विराटनगर ।
कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले बजेट प्रस्तुत गर्दै, प्रदेशको समग्र विकासलाई लक्ष्य गर्ने योजना सुनाए।
प्रस्तुत बजेटमध्ये, १८ अर्ब ६७ करोड ३३ लाख रुपैयाँ चालू खर्चका लागि छुट्याइएको छ भने १७ अर्ब १० करोड रुपैयाँ पूँजीगत खर्चतर्फ विनियोजन गरिएको छ। यस्तै, वित्तीय व्यवस्थापनका लागि १० करोड रुपैयाँ छुट्याइएको छ।
नयाँ वर्षको बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा केही वृद्धि भएको छ। चालु आर्थिक वर्ष २०८१/८२ मा प्रदेश सरकारले ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको थियो। नयाँ बजेट त्यसको तुलनामा १.१७ प्रतिशतले बढी हो।
मन्त्री मगरले बजेटमार्फत प्रदेशको सेवा प्रवाहमा सुधार ल्याउने, पूर्वाधार विकासलाई प्राथमिकता दिने र समावेशी तथा दिगो विकास सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।