Butwal Today

२० वर्षमुनिको राष्ट्रिय महिला फुटबल टोलीमा १० खेलाडी बाहिरिए

१ असार २०८२, आइतबार
अ+
अ-

काठमाडौँ ।

२० वर्षमुनिको राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षणबाट १० जना खेलाडी बाहिरिएका छन्। मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले टोलीको सङ्ख्या ४० बाट घटाएर ३० बनाएका हुन्।

अब साफ महिला च्याम्पियनशिपको तयारीका लागि ३० जना खेलाडी बन्द प्रशिक्षणमा सहभागी हुनेछन्। उक्त च्याम्पियनशिप आगामी जुलाई ११ देखि २२ सम्म बङ्गलादेशमा आयोजना हुँदैछ।

प्रतियोगितामा बङ्गलादेश, नेपाल, श्रीलङ्का र भुटान सहभागी हुनेछन्। नेपालले जुलाई ११ मा पहिलो खेल भुटानविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। लिग चरणमा सहभागी टोलीहरूले दुई पटक–दुई पटक एकअर्कासँग खेल्नेछन्। अंक तालिकामा शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ।