Butwal Today

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व सङ्कलन, गत वर्षको भन्दा ८८ अर्ब बढी

१ असार २०८२, आइतबार
अ+
अ-
काठमाडौँ, १ असार  ।
चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको छ। अर्थ मन्त्रालयका अनुसार २०८२ साल असार ३१ गतेसम्म सङ्कलित राजस्व गत वर्षको सोही अवधिको भन्दा ८८ अर्ब रुपैयाँ बढी हो । गत वर्ष यसै अवधिमा ९ खर्ब ३९ अर्ब रुपैयाँ सङ्कलन भएको थियो ।
अहिले सङ्कलित राजस्व लक्ष्यको ८३.२२ प्रतिशत हो । चालू वर्षको जेठ महिनासम्मको लक्ष्य १२ खर्ब ३४ अर्ब रुपैयाँ थियो ।
चालू आर्थिक वर्षको जेठ महिनामा ९४ अर्ब २ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । गत वर्षको जेठ महिनामा ८५ अर्ब ११ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।