ट्रेंडिंग:

>> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने

सेवा सहज बनाउन बिहानैदेखि कार्यालय सञ्चालनको माग

नेकपा एमाले बुटवल नगर कमिटीले बुझायो ईलाका प्रशासन कार्यालयमा ज्ञापनपत्र
१ असार २०८२, आइतबार
१ असार २०८२, आइतबार

बुटवल, १ असार । सेवा प्रवाहलाई थप प्रभावकारी र व्यवस्थित बनाउन माग गर्दै नेकपा एमाले बुटवल नगर कमिटीले आइतबार ईलाका प्रशासन कार्यालय बुटवललाई ज्ञापनपत्र बुझाएको छ । नगर कमिटी अध्यक्ष शोभाखर पोखरेलको नेतृत्वमा गएको प्रतिनिधि टोलीले बढ्दो गर्मी र सेवाग्राहीको भीडका कारण जनताले भोग्नुपरेको सास्तीप्रति गम्भीर ध्यानाकर्षण गराउँदै कार्यालयको सेवा बिहान ७ बजेदेखि नै सुरु गर्न माग गरेको हो ।

ज्ञापनपत्रमा उल्लेख गरिएको छ कि नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउने सेवामा अत्यधिक चाप छ, जसका कारण सेवाग्राहीहरू बिहान ६ बजेदेखि नै लाइनमा बस्न बाध्य छन्। यस्तो अवस्थाले आम जनतालाई असहज भएको भन्दै सेवा समयलाई अगाडि सारे छिटो, छरितो र जनमैत्री सेवा प्रवाहको वातावरण बनाउन माग गरिएको छ ।

ज्ञापनपत्र बुझेपछि ईलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रामचन्द्र अर्यालले सेवाग्राहीको अत्यधिक चापका कारण सेवा प्रवाहमा समस्या देखिएको स्वीकार गर्दै कार्यालयले उपलब्ध जनशक्ति र उपकरणको अभावबीच सेवामा जुटिरहेको जानकारी दिए । प्रमुख अर्यालका अनुसार बुटवल उपमहानगरपालिकासँग समन्वय गरेर थप सेवा केन्द्र स्थापना गर्न अनुरोध गरिएको बताए । उनले पालिकातर्फबाट थप केन्द्र स्थापनाको तयारी भइरहेको संकेत समेत गरे ।

राष्ट्रिय परिचयपत्र अनिवार्य बनाइएकाले सबै सरकारी सेवा लिन चाहने नागरिकहरू कार्यालय धाउने क्रम बढेको, तर सोही अनुपातमा सेवा व्यवस्थापन गर्न चुनौती भएको कार्यालय पक्षको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?