Butwal Today

सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढ्यो

१ असार २०८२, आइतबार
अ+
अ-

काठमाडौं ।

आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको नयाँ मूल्य तोलाको एक लाख ९७ हजार पाँच सय रुपैयाँ पुगेको छ।

अस्ति शुक्रबार सुनको भाउ तोलामा एक लाख ९७ हजार एक सय रुपैयाँ थियो। चाँदीको भाउ भने आज घटबढ नभई अस्तिको जस्तै तोलाको दुई हजार एक सय ६५ रुपैयाँमा कायम छ।