© २०२३
काठमाडौं ।
सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्न लाग्दा सदन रोकेका छन्। त्यसपछि नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेलाई बोल्न समय दिइएको थियो।
सांसद पाण्डेले अर्थमन्त्रीको बजेट विषयमा रहेको महत्त्वपूर्ण प्रस्ताव सुनाइरहेको बेला प्रतिपक्षी दलबाट भइरहेको निरन्तर नाराबाजीका कारण प्रस्ताव सुन्न नसकेको बताए। उनले नाराबाजीकै कारण बजेटको प्रस्ताव खल्लो भएको भन्दै, संसद् रोकेर सहमति लिएर सदन सञ्चालन गर्न सभामुखसँग आग्रह गरे।
उनले भने, ‘सभामुखज्यू, सभा सञ्चालन गर्ने तपाईंको तरिका ठिक भएन। सदन रोकेर सहमति गरेर सदन सञ्चालन गर्नुहोस्।’