© २०२३
रुपन्देही,१ असार । लुम्बिनी प्रदेशसभाको आज दिउँसो ३ बजेका लागि तय गरिएको बैठक विशेष कारणबस ५ बजे सारिएको थियो । तर, साँझ ५ बजेसम्म पनि बजेट प्रस्तुत हुन नसक्दा प्रदेशसभा भवन भित्र सांसदहरू अझै प्रतिक्षारत छन् ।
सत्तापक्षका स्रोतका अनुसार बजेट वक्तव्य छपाइको प्रक्रिया ढिला हुँदा ६ बजेसम्म पनि बजेट प्रस्तुत नहुने स्पष्ट भएको छ । यसबीच, सत्ता पक्षका मन्त्रीहरूबीच आन्तरिक समन्वय अभाव देखिएको छ । बजेटको अत्यन्तै संवेदनशील दिनमा अधिकांश मन्त्रीहरूको मोबाइल फोन बन्द (स्विच अफ) रहेको छ भने कतिको फोन नउठेको अवस्था देखिएको छ ।
एक विश्वसनीय स्रोतका अनुसार बजेट निर्माणको अन्तिम चरणमा मुख्यमन्त्रीको तीव्र हस्तक्षेपले अर्थमन्त्रीमाथि चाप परेका कारण बजेट ल्याउने बिषय अन्योलमा र खटपट बढेको छ । मुख्यमन्त्रीको निर्देशनअनुसार केही शीर्षक र प्राथमिकताहरू फेरबदल गर्न दबाब दिइएको बताइएको छ, जसका कारण बजेट तयारीमा थप ढिलाइ भएको हो ।
यसरी बजेट प्रस्तुतिको दिनमै सत्ता पक्षभित्रको खटपट सतहमा देखिन थालेको छ । दलहरूबीच पूर्वसमन्वयको अभाव, अन्तिम समयमा नीति तथा कार्यक्रममाथि हुने राजनीतिक रस्साकस्सी, तथा प्रशासनिक तयारीमा कमजोरी देखिएको विश्लेषण गरिएको छ ।
प्रदेशसभामा प्रतिक्षारत सांसदहरू कति सासंद बैठक छोडेर निस्किए भने कतिपय बैठक सुरु हुने आशामा बसेका छन्, तर बजेट बिना नै लामो समय प्रतिक्षामा रहनुपर्दा सासदहरुले सरकार प्रति आक्रोश पोख्दै सरकारले समयको ख्याल नगरी सासंदिय मर्यादालाई अपमान गरेको