Butwal Today

रास्वपाले भिजिट भिसा प्रकरणमा नैतिक प्रश्न उठाउनु अनुचितः श्याम घिमिरे

१ असार २०८२, आइतबार
अ+
अ-

काठमाडौँ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा नैतिक प्रश्न उठाउनुको कुनै औचित्य नभएको बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै घिमिरेले सहकारी ठगी आरोपमा पाँच वटा अदालतमा मुद्दा खेपिरहेका रास्वपाका सभापति रवि लामिछाने अझै पार्टी सभापति र संसदीय दलको नेता रहेकोमा प्रश्न उठाएका हुन्।

‘अध्यागमनका सामान्य कर्मचारीले गरेको गलत कामका कारण गृहमन्त्रीको राजीनामा मागेर संसद अवरुद्ध गर्नेहरूकै पार्टी सभापतिले पाँच वटा अदालतमा मुद्दा खेपिरहेका छन्। यस्तो अवस्थामा सभापतिमा बस्न मिल्छ कि मिल्दैन? रास्वपाको संसदीय दलको नेता रवि लामिछाने नै हुनुहुन्छ। निलम्बन भइसकेका दलको नेता रहँदा राजीनामा दिन मिल्छ कि मिल्दैन? रास्वपाले नैतिकताको प्रश्न उठाउनु कति उचित छ?’ उनले प्रश्न उठाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?