© २०२३
काठमाडौं,१ असार।
राजधानीको कालीमाटी फलफूल तथा तरकारी बजारमा सुकेको प्याजको मूल्य बढेको छ। बजार विकास समितिको पछिल्लो तथ्यांक अनुसार, आइतबार थोकमा सुकेको प्याजको प्रतिकिलो मूल्य न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ४२ रुपैयाँसम्म पुगेको छ।
यसअघि जेठको अन्तिम साता भने यही प्याज प्रतिकिलो ३६ देखि ३८ रुपैयाँमा कारोबार भइरहेको थियो। व्यवसायीहरूका अनुसार प्याजको मूल्यमा अत्यधिक उतारचढाव हुने अवस्था नदेखिए पनि माग र आपूर्तिको आधारमा सामान्य मात्रामा घटबढ भइरहने गर्छ।