Butwal Today

नेपालले बंगलादेशमा नियमित ४० मेगावाट विद्युत निर्यात सुरु 

१ असार २०८२, आइतबार
अ+
अ-

 काठमाडौं, १ असार

नेपालले आजदेखि बंगलादेशमा नियमित रूपमा ४० मेगावाट विद्युत निर्यात गर्न थालेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले शनिबार रातिदेखि नै यो विद्युत निर्यात सुरु भएको जानकारी दिएका छन्।

मन्त्री खड्काले आजको दिनलाई ऐतिहासिक उपलब्धि भएको बताएका छन्।गत वर्षबाटै नेपालले बंगलादेशलाई एकदिनका लागि विद्युत निर्यात गरेको थियो, जुन औपचारिकता मात्र थियो। अब भने नियमित रुपमा नेपालबाट तेस्रो मुलुकमा विद्युत निर्यात हुन थालेको छ।

नेपालले भारतको ग्रिडमार्फत बंगलादेशलाई विद्युत पठाउन थालेको हो। साथै ऊर्जा मन्त्री खड्काले बिहार राज्यलाई समेत ८० मेगावाट विद्युत निर्यात थालिएको बताए।