© २०२३
बुटवल, १ असार ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लामा हुने चोरी तस्करी नियन्त्रण गर्न कुनै कसुर बाँकी नराख्ने गरी काम सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले २ दिनमा अबैध रुपमा भारतबाट चोरी तस्करी गरी नेपाल भित्रिएको ६ लाख ४८ हजार बढी मूल्यको विभिन्न सामानहरु बरामद गरी भन्सार चलान गरेको हो । जिल्ला प्रहरी कार्यालयले दैनिक जसो अवैध भन्सार चोरी तस्करीका सामानहरु समाउँदै भन्सार पठाउँदै आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदिप क्षेत्रीले बताए ।
बिहीबार र शुक्रबार मात्र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका ८ अन्चलपुर भैयाटोलबाट एक सय केजी चिनी, २३ प्याकेट पानी पुरी, २० प्याकेट दालमोठ, ६ बोरा प्याज, चस्मा १ हजार ८०, पिस ९४, पिस पापड १८, डिब्बा सुर्ती गरी १ लाख ६६ हजार २ सय बराबरको सामान बरामद गरेको हो ।
त्यस्तै इलाका प्रहरी कार्यालय सालझण्डीले शुक्रबार गरेको चेकजाचमा मात्र २ लाख ४२ हजार बढीको सामान बरामद गरेको छ । पुर्व बाट पश्चिम तर्फ जाँदै गरेको लु १ ख ६३४४ नम्बरको मिनी ट्रकलाई शँका लागि रोकी चेकजाँच गर्दा ४२ क्वीन्टल पिना फेला पारेको हो । सामनको बिल नभएकाले अवश्यक कारवाहीका लागि गाडी र चालक कपिलबस्तु जिल्ला बाणगँगा नगरपालिका २ बस्ने चन्दन थारुलाई समेत नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालय बुटबल पठाएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बेलहियाले सिद्धार्थनगर नगरपालिका–१ बाट १ लाख ९० हजार बराबरको अबैध सामान बरामद गरी भन्सार पठाएको छ । प्रहरीका अनुसार ५ बोरा कस्मेटिक सामानहरु स्किन लोसन ७६ थान, लु ५२ प १७८१ नम्बरको स्कुटर समेत नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदिप क्षेत्रीले बताए । अबैध रुपमा हुने कुनैपनि चोरी तस्करी नियन्त्रण गर्न प्रहरीले कुनै कसुर बाँकी नराख्ने प्रमुख क्षेत्रीको भनाई छ ।