© २०२३
बुटवल, १ असार । बुटवल उपमहानगरपालिकाको सहयोग तथा बुटवल क्रिकेट विकास समितिको आयोजनामा आईतबार भएको उजिरसिह रनिङसिल्ड टि ट्वान्टी क्रिकेट प्रतियोगिता २०८२ को आईतबार भएको दोस्रो खेलमा ईलिट जेआर क्रिकेट क्लब विजयी भएको छ । ईलिटले बुटवल युथ क्रिकेट क्लबलाई १६ रनले पराजित गरेको हो ।
टस जितेर जेआरले ब्याटिङ रोज्दै १५.३ ओभरमा १०४ रन खडा गरेको थियो । उसका लागि राज खनालले २८, सुरज खड्काले १६ तथा समिर अलि मुसलमानले १५ रनको योगदान दिए । बुटवल युथका लक्ष्मण परियारले शानदार ७ बिकेट लिए । मध्यम लक्ष्य पछ्याएको बुटवल युथ १४.५ ओभरमा केवल ८८ रनमा समेटियो । उसका लागि ओपनर हिलसन पाण्डेले ३४ निरज भण्डारीले ३० रनबाहेक अन्य ब्याट्सम्यान दोहोरो रन जोड्न सकेनन । जेआरको जितमा सुरज खड्काले ५ तथा बिशाल भुषालले ३ बिकेट लिए । खेलमा सुरज खड्का प्लेयर अफ दी म्याचबाट पुरस्कृत भएको समितिका सहसचिव तथा खेल संयोजक आयुष बोगटीले बताए ।