ट्रेंडिंग:

>> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा

स्वास्थ्य हबको सम्भावना बोकेको ‘बुटवल’

१ असार २०८२, आइतबार
१ असार २०८२, आइतबार

बुटवल, १ असार । बुटवललाई स्वास्थ्यको हबका रुपमा विकास गर्ने सम्भावना रहेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले दाबी गरेका छन । पछिल्लोसमय पूर्वाधार विकास र जनशक्ति उत्पादनमा भएको प्रगति यसको राम्रो सम्भावना भएको उनिहरुको दाबी छ । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोग तथा नेपाल औषधी ब्यवसायी संघ जिल्ला शाखा रुपन्देहीको आयोजनामा शनिबार गरिएको बुटवलको स्वास्थ्य अवस्था, सम्भावना र चुनौती विषयक गोष्ठीमा बोल्ने बक्ताहरुले बुटवललाई स्वास्थ्य हब बनाउने गरि सरोकारवालाहरु लाग्नुपर्ने बताएका छन ।

कार्यक्रममा अवधरणापत्र प्रस्तुत गर्दै प्रस्तोता ग्रामिण योजना विज्ञ अधिवक्ता युवराज घिमिरेल नीजि क्षेत्रबाट करीब २० अरब रुपैयाभन्दा बढी लगानी रहेको भन्दै लगानी सुरक्षित, उचित प्रतिफल दिने वातावरण, सुरक्षा, नीतिगत सहजिकरण गर्न सकेमा सम्भावना राम्रो रहेको बताए । तथ्याक अभावमा अवधारणा प्रस्तुतमा कठिनाई भएको भन्दै उनले स्थानिय सरकारबाट करोडौ रकम खर्च गरिरहदा तथ्याङीकरणमा भने कमजोर रहेको बताए । विकासको मोडल कार्यान्वयन नहुदा अध्ययनमा कठिनाई भएको उनले बताए । स्थानिय सरकारबाट रिसर्च डाटा बेसलाई अघि बढाउन जरुरी छ । घरधुरी सर्वेक्षण २०७८ र अन्य केही संस्थाहरुबाट लिईएको तथ्याकको आधारमा तयार गरिएको छ । बुटवलमा सामुदायिक ३, निजि १६ सहित ७५० वटा संस्थाहरु सेवा दिईरहेको छ । यसैगरि १२०० सैयाको लुम्बिनी प्रादेशिक अस्पताल निर्माणधिन छन । बुटवलमा ८ वटा स्वस्थ्य संस्थाले जनशक्ति उत्पादनमा लागेको छ । गतवर्ष लुम्बिनी प्रादेशिक अस्पतालमा कुल ५,७८,२८३ जनाले सेवा लिएका छन । अन्य सबै गरि १६ लाख ७९ लाख जना तथा ल्याबसमेत गरि झण्डै २० लाख जनाले बुटवलका स्वास्थ्य संस्थाहरुबाट सेवा लिएको छन ।

कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालले बुटवलमा मापदण्ड पुरा भएका न्युनमात्र स्वास्थ्य संस्थाहरु रहेको बताईन । ‘नगरभित्रका धेरै समस्याहरु छन ।’–उनले भनिन । निति तथा कार्यक्रममा उपविजेता उम्मेदबारहरुलाई समेत समेटेर अघि बढेको उनले बताइन ।

कार्यक्रममा नेपाल चिकित्सक संघ डा कृष्ण खरेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, संस्थापक अध्यक्ष सुरज भट्टराई, केदार नेपाल, वरिष्ठ उपाध्यक्ष पुरुषोत्तम भट्टराई, महासचिव कृष्ण पोखरेलले स्वस्थ्य सेवाप्रदायक संस्थाको आवश्यक मापदण्डको पूर्वाधार कार्यान्वयनमा विशेष ध्यान दिन जरुरी रहेको बताए ।
कार्यक्रममा लुम्बिनी नर्सिङ संघ ईकाईकी बिष्णु खनालले नर्सिङ पेशामा विविध समस्या रहेको दुखेसो गरे । एउटा जना नर्सले २० जना बिरामीलाई सेवा दिनुपर्ने बाध्यता रहेको भन्दै डब्लुएचओको मापदण्ड कार्यान्वयन जरुरी छ । यसैगरि पारिश्रमिकको समेत समस्या छ । बिमाको चाप कम गर्न निजि क्षेत्रलाई जिम्मेवार दिन सकिन्छ । नर्सिङ पेशामा रुचि घट्दो रहेको उनले बताए ।

कार्यक्रममा लुम्बिनी आयुर्वेदिक औषधालयका गणेश सापकोटाले फोहोर ब्यवस्थापनको समस्या सबैभन्दा ठुलो छ । मापदण्ड र दर्ता नगरेका ९५ प्रतिशत क्लिनिक बन्द गर्न हुने अवस्थामा रहेको उनले बताए । चिकित्सक नभएको क्लिनिकमा विविध रोगहरुको उपचार सेवा दिने प्रचार गरिनु गलत हो । केवल फार्मेसी सेवा दिनुपर्ने उनले बताए । वार्षिक ६–८ हजार बिरामी उपचार हुने अस्पतालमा अहिले ४० हजार बिरामी पुगेको दाबी गरे ।

कार्यक्रममा आम्दाका चिकित्सक सुन्दर न्यौपानेले तथ्याक संकलन र प्रस्तुतिमा स्थानिय सरकारको ध्यान दिनुपर्ने सुझाव दिए । ल्याबका रिपोर्टमा फरकपना आउने हुदा क्वालिटी कन्ट्रोलमा स्थानिय सरकारको जोड दिनुपर्ने बताए । एन्टीबायोटिक रेसिस्टेन्स विश्वब्यापी रुपमा चुनौती बनेको भन्दै उनले बिना प्रिस्क्रिप्सन औषधी बिक्रि रोक्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल औषधी ब्यवसायी संघ पूर्व केन्द्रिय अध्यक्ष बाबुराम भट्टराई, संघका वरिष्ठ सल्लाहकार रोहितराज क्षेत्रीले पछिल्लो समय सरकारबाट स्वास्थ्य ब्यवसायीहरुमाथि दमनको रुपमा नीति ल्याएको आरोप लगाए ।
कार्यक्रममा संघका अध्यक्ष खड्ग बस्नेतले स्वस्थ्य सेवाप्रदायक संस्थाहरुलाई ब्यवस्थित गर्दै मापदण्डमा रहेर सेवा दिन जरुरी रहेको बताउदै यसका लागि संस्थागत रुपमा विगतबाट नै सरोकारवाला र स्थानिय सरकारबिच अन्तरक्रिया, छलफलमा जोड दिएको बताए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?