ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित

नदीजन्य पदार्थ उत्खननले नहर खतरामा, पालिका रमिते

१ असार २०८२, आइतबार
१ असार २०८२, आइतबार

लमही, ०१ असार ।

दाङको देउखुरी क्षेत्रका लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकाको आन्तरिक आम्दानीको प्रमुख स्रोत नदीजन्य पदार्थको उत्खनन, बिक्री र वितरणबाट सङ्कलन हुने राजस्व हो । यी चारै पालिकाको करिब ५० प्रतिशत राजस्व यही स्रोतबाट उठ्ने गरेको छ । तर चालु आर्थिक वर्ष २०८१/८२ मा पालिकाहरूले सुरुमा नै टेण्डर प्रक्रिया अघि नबढाएका कारण अब आर्थिक वर्ष सकिन महिना दिन मात्र बाँकी रहँदा उत्खननदेखि बिक्री धमाधम सुरु भएको छ ।

लमही नगरपालिकाको मात्रै ८० प्रतिशत आन्तरिक राजस्व नदीजन्य पदार्थबाट उठ्ने बताइन्छ । तर, अहिलेसम्म ठोस ढङ्गले राजस्व सङ्कलन गर्न पालिका असफल देखिएको छ । फागुनमा मात्र टेन्डर गरेपछि काम तीव्र गतिमा अगाडि बढेको हो ।जिल्ला समन्वय समितिद्वारा स्वीकृत वातावरणीय प्रारम्भिक परीक्षण प्राप्त घाटहरूमा अहिले हेभी उपकरण प्रयोग गरी तीव्र उत्खनन भइरहेको छ । स्थानीय बासिन्दाहरू भने मनपरी उत्खनन भएको भन्दै चिन्ता व्यक्त गरिरहेका छन् । लमही नगरपालिका अन्तर्गत बुड्का घुम्ना घाट (वडा ४) र बलरामपुर घाट (वडा ६) मा भने एसियाली विकास बैंक मार्फत तटबन्ध निर्माण भइरहेका कारण उत्खनन स्थगन गरिएको छ । यद्यपि, अवैध उत्खनन भने रोकिएको छैन ।

गढवा गाउँपालिकाले यस वर्ष ८ वटा घाटको आई ईई प्रक्रिया सम्पन्न गरेको छ । अध्यक्ष यमनारायण शर्मा पोख्रेलका अनुसार, चार घाटमा पालिकाले आफैँ सकलन सुरु गरिसकेको छ भने बाँकी चार घाटमा तयारी भइरहेको छ । १० करोड राजस्व सङ्कलनको लक्ष्य लिएकोमा हालसम्म ५ करोड जति मात्रै उठ्न सकेको उनले जानकारी दिए । यसरी ठेक्का प्रक्रिया, वातावरणीय मापदण्ड तथा नहर सुरक्षालाई बेवास्ता गरी मनपरी उत्खनन भइरहँदा सम्बन्धित अनुगमन निकाय भने मौन छन् । स्थानीय तिलक न्यौपाने भन्छन्, “तात्कालिक राजस्वको पछि लागेर दीर्घकालीन सङ्कट निम्त्याउने बाटोमा पालिकाहरू हिँडिरहेका छन् ।“

सिँचाइ योजनामा खतरा, कृषक चिन्तित
राप्ती नदीको अन्धाधुन्ध उत्खननले प्रगन्ना कुलो र बड्कापथ कुलो सिँचाइ योजनामा प्रत्यक्ष असर परेको छ । यस आयोजनाबाट करिब १० हजार हेक्टर जमिन सिञ्चित हुने गर्छ । तर, हाल नदी सतहभन्दा दुई मिटरसम्म गहिरो उत्खनन भएको भेटिएको छ, जुन प्रदेशस्तरीय कार्यविधिअनुसार तोकिएको ८० सेन्टिमिटर सीमा भन्दा धेरै हो । यसले नदीको धार परिवर्तन गर्ने, सिँचाइको मुहान सुकाउने र नव निर्मित संरचनामा समेत असर पु¥याउने खतरा बढेको हो ।
प्रगन्ना कुलो सिँचाई प्रणाली जल उपभोक्ता समितिका अध्यक्ष टङ्कनाथ चौधरीका अनुसार, अर्घाखाँचीको सितगंगा नगरपालिका र दाङको राप्ती गाउँपालिकाको सीमामा भएको अत्यधिक उत्खननले नहरमा पानी नचढ्ने अवस्था निम्त्याएको छ ।

स्थानीयवासी तिलक न्यौपाने भन्छन्, “तात्कालिक लाभका लागि नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन गरिँदै छ, जुन दीर्घकालीन रूपमा पानी सङ्कटको कारण बन्नेछ । “आन्तरिक राजस्व सङ्कलनमा ढिलासुस्ती, अव्यवस्थित उत्खनन, तथा सिँचाई संरचनामा प्रत्यक्ष असर पुगेका यस्ता विषय जनसरोकारका संवेदनशील मुद्दा हुन्। अब सम्बन्धित निकायको समयमै ध्यान नपुगे त्यसको असर कृषक, वातावरण र समग्र विकासमा गम्भीर देखिन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?