© २०२३
बुटवल, १ असार । एनईसिए लुम्बिनी ईन्टर–कन्सल्टेन्सी ईन्डोर क्रिकेट कप प्रतियोगिताको उपाधि आकारुई एजुकेशनले हात पारेको छ । राष्ट्रिय शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा भएको प्रतियोगितामा एपोलो एजुकेशन कन्सलटेन्सीलाई १४ रनले पराजित गर्दै आकारुईले उपाधि हात परेको हो ।
आकारुईले दिएको ४७ रनको तार्गेट खेलको पाँचौ ओभरमा सबै बिकेट गुमाएर ३२ रनमात्रै बनाएको थियो । उपाधीसंगै आकारुईले नगद २५ हजार तथा कप, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ भने एपोलो एजुकेशनले नगद १५ हजारमा चित्त बुझाएको छ ।
लुम्बिनी क्रिकेट एरिनामा भएको प्रतियोगितामा ईण्डोर खेल ६ ओभर र ६ खेलाडीका बिचमा भएको थियो । परामर्शदाताहरु बिचमा खेलमार्फत भातृत्व विकास गर्ने उदेश्यका साथ प्रतियोगिता गरिएको संघका अध्यक्ष गणेश पौडेलले जानकारी दिए ।
परामर्शदाताहरुका बिचको सम्बन्ध बलियो बनाउँदै एकजुट गराउने उदेश्यसहित आयोजना भएको प्रतियोगितामा ३६ टिमहरुबिच सहभागी रहेको खेल संयोजक दुर्गा पन्थीले जानकारी दिए ।
समापन समारोहमा पूर्व राष्ट्रिय टोलीका खेलाडी शक्ति गौचन, अध्यक्ष पौडेल लगायतले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिता अन्तरगत पहिलो दिन शुक्रबार १८ खेलहरु भएका थिए भने शनिबार क्वाटरफाईनल, सेमिफाईनल र फाईनलग गर १५ खेलहरु भएका थिए ।