Butwal Today

विपत् पीडित तीन घरपरिवारलाई नगरको आर्थिक सहयोग

३१ जेष्ठ २०८२, शनिबार
अ+
अ-

नवलपरासी पश्चिम ।

पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले विपत् पीडितका परिवारलाई राहत स्वरुप आर्थिक सहयोग गरेको छ । २५÷२५ हजारका दरले रकम उपलब्ध गराइएको हो ।नगर प्रमुख अर्यालले उनिहरुलाई चेक हस्तान्तरण गरेकी हुन ।

नगरको वडा नम्बर २ मा कोदालो प्रहारबाट मृत्यु हुने २ जना ,वडा नम्बर ७ मा हावाहुरी बाट ज्यान गुमाउनु परेका २ जनाको परिवार र वडा नम्बर ६ मा पोखरीमा डुबेका बालकको परिवार लाई प्रति व्यक्ति रू २५ हजारका दरले राहत उपलब्ध गराइएको नगरप्रमुख विमला अर्यालले जानकारी दिइन ।

“स्थानीय सरकार नजिकको सरकार हो रकम ठूलो भन्दा पनि नागरिकको सुख दुखमा सामेल भएका हौं, सक्नेले नसक्नेलाई सहयोग गरौँ यो समाजको सुन्दर पक्ष पनि हो “नगरप्रमुख अर्यालले भनिन । नगर भित्र विपद्मा परेका नागरिकहरूलाई विपद कोष मार्फत नगरले राहत उपलब्ध गराउँदै आइरहेको छ ।