ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने
प्रथम पालिका स्तरिय खुल्ला पुरुष डोरि तान (टग अफवार) प्रतियोगिता

फिजिकल फिटनेशलाई उपाधि

३१ जेष्ठ २०८२, शनिबार
३१ जेष्ठ २०८२, शनिबार

बुटवल, ३१ जेठ । बुटवलमा सम्पन्न प्रथम पालिका स्तरिय खुल्ला पुरुष डोरि तान (टग अफवार) प्रतियोगिताको उपाधि तिलोत्तमास्थित फिजिकल फिटनेशले चुमेको छ । नेपाल खेलकुद महासंघ रुपन्देही जिल्ला कमिटिको आयोजनामा सिद्धेश्वर खेलमैदानमा भएको फाईनलमा विभागिय टिम शस्त्र प्रहरी (एपिएफ) लाई २–१ सेटमा पराजित गर्दै फिजिकल फिटनेश विजेता बनेको हो । उपाधिसंग फिजिकल फिटनेश नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेता एपीएफ भने नगद २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।
प्रतियोगितामा योर्स मल्टिफिटनेश सैनामैनाले एक्स्ट्रिम फिटनेशले २–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ ।

यसअघि भएको पहिलो सेमीफाईनलमा शसस्त्र प्रहरी बल एपिएफले सैनामैना फिटनेशलाई २–० सेटका तथा दोस्रो सेमीफाईनलमा फिजिकल फिटनेशले एक्स्ट्रिम फिटनेशले २–० ले पराजित गर्दै फाईनलमा प्रवेश गरेका थिए ।

एक समारोहका बिच लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरि, नेकपा एमाले प्रदेश सदस्य गोपाल राना, ज्ञानु केसी, बिमला श्रेष्ठ, नेकपा एमाले जिल्ला अध्यक्ष यज्ञ गैरे, राखेप सदस्य हिमाल श्रेष्ठ, वडा नं ११ का कार्यवाहक वडाअध्यक्ष तथा रुपन्देही जिल्ला कमिटि सचिवालय सदस्य एवं खेलकुद इन्चार्ज नहकुल शाही, नेकोस केन्द्रिय सचिवालय सदस्य एवं रुपन्देही इन्चार्ज शंकर पाण्डे, महासंघका स्थाई कमिटि सदस्य मेघराज भट्टराईले विजेता, उपविजेता टिमलाई पुरस्कार वितरण गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरिले परम्परागत र लोकप्रिय खेललाई प्रवद्र्धनको महत्वपूर्ण थालनी भएको भन्दै युवा खेलाडीहरुलाई प्रोत्साहन हुने गरि आगामी दिनमा निरन्तरता दिन आग्रह गरे ।

कार्यक्रममा नेपाल खेलकुद महासंघ, जिल्ला समिति रुपन्देहीका अध्यक्ष समुन्द्र श्रेष्ठले “खेलकुद विकासका लागि स्थानीय तहदेखि केन्द्रसम्मः भौतिक पूर्वाधार, व्यवसायिक र प्रतिस्पर्धी खेलकुद गतिविधि हाम्रो आधार” भन्ने मूल नारासहित आयोजना गरिएको बताए । आधुनिक युगमा विद्यालयदेखि अन्तर्राष्ट्रिय स्तरसम्म यो खेल प्रतिस्पर्धात्मक रूपमा आयोजना हुँदै आएको भन्दै उनले शक्ति, सहकार्य र तालमेलको उत्कृष्ट समिश्रणको रूपमा डोरी तान खेल व्यवसायिक रूपमा स्थापित गर्न जरुरी रहेको बताए ।

प्रतियोगिता बेस्ट अफ थ्रि आधारमा खेलाईएको खेलमा २३ टिम सहभागी रहेको खेल संयोजक त्रिभुवन शर्मा पाण्डेले बताए । छ । सन् १९६० मा टग अफ वार इन्टरनेशनल फेडेरेसन (टिडब्लुआईएफ) स्थापना भएपछि यो खेलको नियम र मान्यता अन्तर्राष्ट्रिय रूपमा स्थापित हुँदै आएको छ । केही वर्षअघिसम्म यो खेल ओलम्पिकमा समेत समावेश थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?