दाङमा प्रहरीले भरूवा बन्दुक सहित एकजनालाई पक्राउ गरेको छ । बंगलाचुली गाउँपालिका- ३ लेखटापाका ४४ वर्षिय लुमबहादुर रावतलाई अबैध भरूवा बन्दुकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दाङ प्रहरी प्रहरी नायव उपरीक्षक एंव प्रवक्ता चक्रबहादुर शाहका अनुसार रावतले अबैध भरूवा बन्दुक घरमै राखेको भन्ने सूचनाका आधारमा छापा मार्दा बन्दुक भेटिएपछि रावतलाई समेत पक्राउ गरिएको हो ।
उनलाई हातहतियार खरखजाना ऐन अन्तर्गत मुद्दा चलाइएको प्रबक्ता शाहले जानकारी दिएका छन् ।