ट्रेंडिंग:

>> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज

भिजिट भिसा विवादले प्रभावित संसद बैठक आज पनि बस्दै, सहमति प्रयास जारी

३० जेष्ठ २०८२, शुक्रबार
३० जेष्ठ २०८२, शुक्रबार

काठमाडौं ।

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। जेठ १३ गतेदेखि विपक्षी दलहरुको विरोधका कारण प्रभावित हुँदै आएको संसद् बैठक आज फेरि बस्न लागेपनि राजनीतिक गतिरोध अझै अन्त्य हुन सकेको छैन।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै माओवादी केन्द्र, रास्वपा लगायतका विपक्षी दलहरुले संसद् अवरुद्ध गर्दै आएका छन्। यद्यपि, बजेट प्रस्तुत गरिएको जेठ १५ गतेको बैठक अपवाद थियो। त्यसपछिका सबै बैठकहरू प्रतिपक्षीको अवरोधकै बीचमा रोकिँदै आएका छन्।

पछिल्लो समय विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामाको अडानबाट पछि हटेर प्रकरणमा छानबिन समिति गठनको माग गर्दै आएका छन्। तर सत्ता पक्ष तयार नहुँदा सहमति बन्न सकेको छैन, जसले गर्दा बजेटमाथिको छलफल सुरु गर्न पनि ढिलाइ भएको छ।

यता सत्तारूढ दलहरू — नेपाली कांग्रेस र नेकपा एमाले — पछिल्ला वार्ताहरूमा छानबिन समिति गठनमा लचक देखिएका छन् र सार्वजनिक रूपमा प्रतिबद्धता पनि जनाएका छन्। तर समितिको स्वरूप र कार्यादेशबारे सहमति नजुट्दा संसद्को गतिरोध कायमै छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विहीबार पत्रकारहरूसँग कुरा गर्दै सहमति नजिक पुगेको बताएका थिए। पार्टीका अर्का नेता माधव सापकोटाले पनि सत्तापक्षको प्रस्ताव हेरेर मात्र संसद् सञ्चालनबारे निर्णय लिइने जनाए।

यदि आजको बैठकमा सहमति कायम भई संसद अवरोध हटेमा, सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरू पढेर सुनाउनेछन्। त्यस्तै, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि सामान्य छलफल सुरु गर्न प्रस्ताव पेस गर्ने कार्यसूची छ। साथै, संघीय निजामती सेवा विधेयकसम्बन्धी प्रतिवेदन पनि राज्य व्यवस्था तथा सुशासन समितिबाट पेस हुने सम्भावना रहेको छ। संसद् सुचारु हुने कि फेरि अवरुद्ध हुने भन्ने कुरा आज सत्तापक्ष र विपक्षीबीचको अन्तिम सहमतिमा निर्भर रहने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?