ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन, राजनीतिक षड्यन्त्र हो: गृहमन्त्री लेखक

३० जेष्ठ २०८२, शुक्रबार
३० जेष्ठ २०८२, शुक्रबार

काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूको कुनै संलग्नता नरहेको दाबी गर्दै, आफूविरुद्ध नियोजित रूपमा राजनीतिक षड्यन्त्र रचिएको आरोप लगाएका छन्। शुक्रबारको प्रतिनिधिसभा बैठकमा रास्वपा र राप्रपाका सांसदहरूको विरोधबीच बोल्ने अवसर पाएका मन्त्री लेखकले आफूलाई बदनाम गर्न सुनियोजित प्रयास भएको बताएका हुन्।

“पत्रपत्रिका, सामाजिक सञ्जाल र केही माननीयहरूबाट उठाइएका प्रश्नहरूमा सार्वभौमसत्ता सम्पन्न संसदमा जवाफ दिन उपयुक्त ठानेर म उपस्थित भएको हुँ,” उनले भने, “राजनीतिक जीवनमा पारदर्शिता राख्दै आएको छु, र यस विषयमा मेरो संलग्नता कदापि छैन।”

लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई अख्तियारले बयानका लागि बोलाएको कुरा पनि सञ्चारमाध्यमबाट मात्रै थाहा भएको दाबी गरे। “संबद्ध निकाय छानबिन गरिरहेका छन्, त्यसमा सरकारलाई जोड्नु अनुचित छ,” उनले भने।

त्यसक्रममा उनले संसदमा प्रश्न उठाउनु स्वाभाविक भए पनि मुद्दा संवैधानिक निकायको अनुसन्धानाधीन रहँदा सरकारलाई दोषारोपण गर्नु गलत हुने बताए। साथै, विगतमा यस्ता मुद्दामा अन्य मन्त्रीहरूले संसदमा जवाफ दिएका थिए कि थिएनन् भनेर प्रतिप्रश्नसमेत गरे।

गृहमन्त्रीले यो सम्पूर्ण घटनालाई आफ्नो राजनीतिक छवि र भविष्य समाप्त पार्ने उद्देश्यले रचिएको षड्यन्त्रको हिस्सा भएको दाबी गरे। उनका अनुसार भिजिट भिसा प्रकरणमा आफूलाई जोड्ने कुनै प्रमाण छैन, र त्यसबारे सत्यतथ्य बाहिर आउनेमा आफू विश्वस्त छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?