© २०२३
काठमाडौं ।
आज अमेरिकी डलर, युरो, पाउन्ड स्ट्रलिङ लगायतका प्रमुख विदेशी मुद्राको भाउमा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३७ रुपैयाँ २७ पैसा रहेको छ। हिजोको तुलनामा डलरको खरिद र बिक्री दुवै दरमा १५ पैसाको वृद्धि भएको हो।
त्यस्तै, युरोपियन युरोको मूल्य पनि उकालो लागेको छ। युरो एकको खरिददर १५८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५९ रुपैयाँ १४ पैसा पुगेको छ। हिजोको दरभन्दा युरोको मूल्य झण्डै २ रुपैयाँ ५० पैसाले बढेको हो।
बेलायती पाउन्ड स्ट्रलिङको भाउमा समेत उछाल देखिएको छ। आज पाउन्ड एकको खरिददर १८५ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४८ पैसा पुगेको छ, जुन हिजोको तुलनामा करिब १ रुपैयाँ ५७ पैसाले बढी हो।
स्वीस फ्र्याङ्कको दर पनि आज उच्च छ। खरिददर १६८ रुपैयाँ २५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९९ पैसा कायम गरिएको छ।
विदेशी मुद्राको दरमा आएको आजको वृद्धि आयात–निर्यात, रेमिट्यान्स कारोबार तथा पर्यटन क्षेत्रका लागि विशेष चासोको विषय बन्ने देखिन्छ।