Butwal Today

गर्मी बिर्साउने ‘सहरको पँधेरो’

बुटवल उपमहानगरपालिका ११ मा शित्तलटोल विकास समितिको सक्रियतामा २०७१ सालबाट यो खानेपानीको धारा सञ्चालनमा आएको हो । विशेष गरी बाटो हिँड्ने यात्रीहरूलाई सुविधा दिने उद्देश्यले यहाँ खानेपानीको धारा खोलिएको हो ।
३० जेष्ठ २०८२, शुक्रबार
अ+
अ-

बुटवल, ३० जेठ । 

गनिशा मगर गुल्मीबाट बुटवल झरेको ५ वर्ष भयो । श्रीमान् वैदेशिक रोजगारीका लागि साउदी अरब छन् । दुई छोराहरूलाई पढाउने गुल्मी छाडेकी मगरलाई यहाँ गर्मीले साह्रै अत्त्यायो । मगर भन्छिन् यो ठाउँ सबै कुराले ठिक भए पनि हावापानी खासै आहा लाग्दैन । मैले यो भनिरहँदा यहाँ धेरै मानिसहरू लामो समयदेखि बसिरहेका छन् तर पनि बस्नुको विकल्प छैन । तर देविनगरको बसाइँमा गुल्मीको मूलको पानीको झल्को मेट्ने पानी खान पाइएको उनी बताउँछिन् । नेपाल खानेपानी संस्थानले बुटवलको तीनकुने चोकबाट पाँच मिनेटमा पुग्न सक्ने स्थानको बाटोमै खाने पानीका धाराहरू देख्न सकिन्छ । जहाँ बिहान साँझ पानी भर्नका लागि पालो कुर्नुपर्छ ।

लामो समयदेखि देविनगरको चौपारीमा बस्दै आएकी सुमित्रा अर्याल पानी भर्दे गर्दा भेटिइएन । उनी भन्छिन् यहाँ बिहान साँझ पालो पाउनै कठिन त्यसैले बाबु नानी विद्यालय गएपछि मात्रै म यहाँ पानी लिन आउँछु । यहाँको पानी खाने बानी परेपछि अरू स्थानको पानीमा स्वाद नै लाग्दैन मलाई । म यहाँ नियमित जसो पानी लिन आउँछु यहाँको पानी मिठो छ । गाउँघरतिर मूलको पानी जस्तै छ । त्यसैले म पनि यो धाराको पानी खाने नियमित नै हु । साँझ बिहान त गाउँघरका पधेराको झल्को दिन्छ । यहाँ यसरी नियमित पानी लिन आउनेको सङ्ख्या पनि धेरै छ । त्योसँगै बाटो हिँड्ने बटुवाहरूका लागि पानी खाने मुहान नै हो भन्दा फरक नपर्ला अर्याल भन्छिन् ।

बुटवल बुद्धनगरका खिमबहादुर सुनार यो धारामा पानी खाने नियमित ग्राहक हुन । सुनार ई रिक्सा चालक हुन दिनहुँ ओहोरदोहोर गरिरहने उनले कहिल्यै करिब पाँच वर्ष देखि कहिल्यै पानी किनेर नखाएको बताए । उनी भन्छन् बाटो हिँडिरहने उनले प्रत्येक पटकको पानीको तिर्खा यही धाराबाट मेटाउने गरेको बताए । उनी भन्छन् यो धाराको पानी खान थाले पछि अरू स्थानको पानीमा स्वाद नलाग्ने गरेको बताए । बाटो हिँड्दा साँझ घर फर्किदा म यही धाराबाट पानी खाने गरेको बताए । खै के छ यो पानी थाहा त छैन तर पनि मलाई यहाँको पानी निकै मिठो छ । पानी खाए पछि तिर्खा मेटिने गर्छ त्यसैले यहाँ म यो धाराको पानी खाने गर्दछु ।

बुटवल उपमहानगरपालिका–११ मा शित्तलटोल विकास समितिको सक्रियतामा २०७१ सालबाट यो खानेपानीको धारा सञ्चालनमा आएको हो । विशेष गरी बाटो हिँड्ने यात्रीहरूलाई सहज होस् भन्ने उद्देश्यले खानेपानीको धाराको खोलिएको हो ।

नेपाल खानेपानी संस्थान बुटवलका सहायक प्रबन्धक ई.मोहनदत्त भट्टले सरकारले स्थानीयवासीको घरघरमा धारा जडानको अवधारणा नहुँदा नै विभिन्न स्थानमा धाराहरू जडान गरेको थियो । यो धारा पनि त्यसे बेला जडान भएको हो । पछि सरकारले सबैका घरघरमा धारा जडान अभियान भए पछि यस्ता सार्वजनिक धाराहरू अलपत्र परेका हुन । अझै पनि विभिन्न स्थानमा स्थानीयहरूको संरक्षणमा यस्ता धाराहरू रहेका छन् । यो बुटवलको पनि यहाँको बासिन्दाले संरक्षण गरेका छन् ।

ई. मोहनदत्त भट्ट
सहायक प्रबन्धक
नेपाल खानेपानी संस्थान शाखा कार्यालय

स्थानीयले २०७३ सालबाट स्थानीय टोल विकास समितिले संरक्षण गरेका हुन तर यो धारा धेरै पुरानो रहेको भट्टले बताए । मानिस किन यो धाराको पानी खानका लागि आउँछन् भन्ने प्रश्नमा प्रमुख भट्ट भन्दछन् सबैका घर घरमा पुग्ने पानी एउटै हुन्छ । तर पनि यो सार्वजनिक धारामा सिधै बोरिड्डको पानी आउँछ । चिसो छ त्यसैले पनि यो धाराको पानी खान आउनेहरूको भिड लाग्छ । खासमा विशेष भन्ने केही छैन । घर घर पानी पुग्दा तात्छ अरू केही होइन त्यहाँ कार्यालय नजिकै छ सिधै बोरिड्डको पानी छिटै आउने भएकाले मात्रै मिठो हुने गर्छ । बुटवल उपमहानगरपालिका भित्र १ सय ३ स्थानमा सार्वजनिक धाराहरू कहीँ संरक्षणमा छन् कहीँ बन्द भइसके । खानेपानी संस्थानले बाक्लो बस्ती र धेरै मानिसहरू आवतजावत गर्नेहरूको भीड हुने स्थानमा अझै पनि संरक्षणमा रहेको बताए ।

बुटवलउपमहानगर पालिकाको वडा नं. ११ मा रहेको खानेपानीको धारामा यो बाटो भएर हिँड्ने सयौँ यात्रुहरूले तिर्खा मेटाउने गन्तव्य बनाएका छन् । सयौँ ईरिक्सा चालक, विभिन्न स्थानमा काम गर्ने मजदुरहरूले सहित बुटवल आसपास बस्नेहरूका लागि साँच्चै नै यो खानेपानी धाराले गर्मी सुरु भए देखि नै तिर्खा मेटाउने कर्म गरिरहेको छ । यहाँ स्थानीय धेरै विभिन्न बहानामा चन्दा दिएर सहयोग गरिरहेका छन् । बिहान, साँझ, दिउँसो जतिबेला पनि पानी र घर सम्म लैजाने मानिसहरू देख्दा साँच्चै नै गाउँको पानीको मुहान र पँधेरीको झल्को मेटाई दिन्छ ।