© २०२३
काठमाडौँ ।
भारतीय राज्य गुजरातको अहमदाबादमा बिहीबार दिउँसो भएको एयर इन्डियाको विमान दुर्घटनामा चालक दलका सदस्यसमेत कुल २४२ यात्रुमध्ये २४१ जनाको मृत्यु पुष्टि भएको छ। एक जना मात्र बाँच्न सफल भएका छन्।
एयर इन्डियाले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत दुर्घटनामा परेको आफ्नो उडान नम्बर एआईआई७१ मा सवार कुल २४२ यात्रुमध्ये २४१ जनाको मृत्यु भएको पुष्टि भएको र एक मात्र जीवितको उपचार भइरहेको जानकारी दिएको हो।
मृतकमा चालक दलका १२ सदस्य छन्।
एयर इन्डियाका अनुसार यात्रुहरूमा १६९ भारतीय, ५३ बेलायती, एक पोर्चुगिज र एक क्यानेडियन नागरिकको मृत्यु भएको हो। बाँचेका एक यात्रु भारतीय मूलका बेलायती नागरिक हुन्।