ट्रेंडिंग:

>> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो

सधैँ क्रिकेटसँगै गंगाराम…

३० जेष्ठ २०८२, शुक्रबार
३० जेष्ठ २०८२, शुक्रबार

बुटवल, ३० जेठ ।
बुटवलका निर्माण व्यवसायी हुन गंगाराम सुनार । घर निर्माण व्यवसायी र मजदुरको मुद्दा उनको प्राथमिकतामा पर्दछ । पेसाले व्यवसायी भईकन पनि उनको समाजमा पहिचान बेग्लै छ । उनले रुपन्देहीको क्रिकेट विकासमा सहयोग गरिरहेका छन् । सोख र रहरकै कारण क्रिकेटबाट उनी टाढिन सकेका छैनन् ।

नेपाली क्रिकेट टिममा कुनै बेला नाम चलेका खेलाडी सन्दीप सुनारका उनी बुबा हुन । छोराको क्रिकेट मोह अहिले बुबामा सरेको छ । केही समय नेपाली क्रिकेटमा योगदान दिएका सुनार अहिले देशबाहिर छन् । तर उनको क्रिकेटलाई बुबा गंगाराम सुनालले धानेका छन् । उनी युवा खेलाडीलाई क्रिकेट सिकाउँछन्, आफ्नै क्लबमा । क्रिकेटको लेभल ओ प्रशिक्षक, क्यान रुपन्देहीका पूर्व सचिव, जेआर क्रिकेट क्लबका अध्यक्ष समेत रहेका छन् ।

बुटवलमा क्रिकेटको जग बसाल्ने लक्ष्यसहित बुटवल क्रिकेट विकास समिति गठन गरेका उनी होमिए । जसका कारण अहिले उनी क्रिकेटको ओ लेभर प्रशिक्षकको भूमिका पनि छन् । उनले बि.सं.२०६८ सालमा स्थापना भएको सँगै जेआर क्रिकेट क्लबलाई समेत अघि बढाइरहेका छन् । बुटवलमै पहिलो पटक ड्युज बलमा क्रिकेट प्रतियोगिता आयोजना गरेको स्मरण गर्छन् । ‘हामीले व्यावसायिक क्रिकेट विकास गर्ने लक्ष्यसहित स्थापना दिवसको अवसरमा जबई खेलमैदानमा प्रतियोगिता गरेका थियौँ,’–उनले भने ।

जेआर कप खेलेका सञ्चालन गरेको क्लब रुपन्देही जिल्लाको डिभिजन ए लिगमा समेत निरन्तर सहभागी भइरहेको छ । टिममा रहेको युवा खेलाडीहरूलाई प्रोत्साहन र सिकाइकै लागि २०८२ को लिगमा कुशल भु्रतेल, सन्दीप जोरा, दिलिप नाथ लगायतका राष्ट्रिय खेलाडीहरू सहभागी बनाएर खेलाएको उनले बताए । त्यसबाट समेत नयाँ युवाहरूलाई धेरै सिकाई भएको उनी बताउँछन् ।

चाहना महत्वपूर्ण हो । सबै काम छोडेर क्रिकेटको मायाकै कारण सबै छोडेर क्रिकेटमा लागेको छ । बच्चाहरूलाई सिकाउने बुझाउने गर्छन् । चिनेको खेलप्रेमीहरूसंगै सहयोग जुटाएर क्रिकेट सिकाउँदै आएको छ । विभिन्न संघसंस्थाहरूले बल, ब्याट लगायत विभिन्न खेल सामग्री सहयोग गर्दै आएको छ । रुपन्देही जिल्लामा नै निःशुल्क प्रशिक्षण गराउने एक मात्र क्रिकेट एकेडेमी भएको उनले दाबी गरे ।

भर्खरमा अस्ट्रेलियाको ईलिट एजुकेसन कन्सल्टेन्सीसँग एक वर्षको सम्झौता भएको उनले बताए । जसबाट थोरै भए पनि प्रोत्साहन मिलेको उनी बताउँछन् । सैनामैना, मूर्गिया लगायतका क्षेत्रबाट समेत खेल सिक्न युवाहरू मैदानमा आउने गरेका छन् । स्थानीय सरकारबाट सोंचजस्तो साथ नमिलेको उनी दुखेसो गर्छन् । कतिपय निजी क्रिकेट एकेडेमीहरूलाई नगरपालिकाबाट सहयोग गर्दै आएको तर संस्थागत रूपमा निःशुल्क क्रिकेट सिकाउने आफ्नो एकेडेमीलाई दिँदै आएको सहयोग रकम समेत रोकेको उनी बताउँछन् ।

‘आर्थिक अभावकै कारण खेलमैदान व्यवस्थित बनाउन सकिएको छैन,’–उनले भने । करिब २ लाख खर्चमा २ वटा नेट पिच मर्मत गरेको उनले बताए । वार्षिक रूपमा प्रतियोगिता गर्दा नै ५ लाख खर्च हुने गरेको उनी बताउँछन् । शनिबार नरेश्वर खेल मैदानमा अभ्यास खेल खेलाउने गरेको उनी बताउँछन् । यहाँ सिकेको कुरालाई खेल प्रतियोगितामार्फत निखार्ने काम गर्दै आएको उनी बताउँछन् ।

विद्यालय स्तरमा समेत कोचको व्यवस्था गरेर सिकाउने गरिएको भन्दै उनले अब विद्यालय स्तरमा प्रतियोगिता गराउने उनको सोच छ । ग्रास रुट नै खेल विकासको आधार भएको हुँदा पनि यसमा विशेष जोड दिएको उनी बताउँछन् । एकेडेमीमा सदस्यता हुँदा २ हजार रूपैया दिइन्छ । यसबाहेक अन्य शुल्क भने लाग्दैन ।

जन्मँदै युवा प्रतिभा 
प्युठानका कृष्ण पन्थी सानोमा टेनिस खेल्थे । खेलमा रुचि राख्ने उनको परिवार बसाई सरेर बुटवल झरे । नयाँ ठाउँ नयाँ विद्यालयमा उनी केही समय एक्लिए । नयाँ गाउँमा बसोबास गर्ने उनी साथीहरूबाट जेआर क्रिकेट एकेडेमीको बारेमा दुई वर्षअघि थाहा पाए । अनि शुरुभयो उनको क्रिकेट यात्रा । नियमित मैदान आउने, अभ्यास गर्ने उनको रुटिन बन्यो । हाल १३ वर्षका कृष्ण पन्थी जितश्वेरी माविमा कक्षा १० मा अध्ययनरत छन् । क्रिकेट सुरु गरेको २ वर्षमा नै उनको लगाव र निरन्तरताबाट धेरै सिक्न पाए । सुरुवातमा बलिङ गरे ।

धारिलो बलिङसँगै उनी किपिङ र ब्याटिङमा पनि पोख्न छन् । ‘धेरै सिकाई भयो,’–उनले भने । दुई वर्षमा उनले धेरै अनुभव बटुलेका छन् । उनी इन्टर कलेज, सुपर लिग, यु –१४, यु–१२ लगायत प्रतियोगितामा भाग लिएका छन् । उत्कृष्ट भएर पुरस्कृत भएका छन् । अल राउण्डर पोजिसनमा खेल्ने उनी भविष्यमा नेपाली टिमको जर्सीमा मैदानमा उत्रने लक्ष्य राखेका छन् । यता प्रदेश प्रतिनिधित्व गर्दै यु–१९ राष्ट्रिय मा खेलेका बिशाल भुषाल पनि नियमित मैदानमा जान्छन् ।

जेआरका सिनियर टिमको नेतृत्व गर्दै आएको उनी विगत पाँच वर्षदेखि एकेडेमीमा आबद्ध छन् । बुद्घनगर घरबाट दैनिक उनी मैदान पुग्छन् । ४ बजेबाट उनको नियमित अभ्यास सुरु हुन्छ । आफू अभ्याससँगै उनी एकेडेमीमा जुनियर खेलाडीलाई खेल सिकाउँछन् । अहिले एकेडेमीमा १२ वर्षदेखि माथिका ५० जना युवाहरू क्रिकेट सिक्दैछन् । सैनामैना नगरपालिकाका डेढ दर्जन खेलाडीहरू छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?