ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

व्यवसाय प्रवद्र्धनका लागि ११ उद्यमीलाई सामग्री हस्तान्तरण

३० जेष्ठ २०८२, शुक्रबार
३० जेष्ठ २०८२, शुक्रबार

कपिलवस्तु, ३० जेठ ।

कपिलवस्तुको महाराजगंज नगरपालिकामा स्थानीय स्तरमा स्वरोजगार र उद्यमशीलता प्रवद्र्धन गर्ने उद्धेश्यका साथ ११ जना उद्यमीलाई व्यवसाय प्रवद्र्धनका लागि सामग्री हस्तान्तरण गरिएको छ । दलित सामाजिक विकास केन्द्र र आईएम स्विडस डेभलप्मेन्ट पार्टनरको को संयुक्त साझेदारीमा सञ्चालित ‘हाम्रो शक्ति’ परियोजना अन्तर्गत महराजगंज नगरपालिकाको वडा नं. २, ३ र ८ का उद्यमीलाई सामाग्री हस्तान्तरण गरिएको हो । उनीहरुलाई व्यवसायको प्रकृती अनुसारको खुद्रा पसलका सामान, वेल्डिङ मेशिन, चाट फुल्की व्यापार सेट, साइकल मर्मत उपकरण, स्टेशनरी सामान, चिया–नास्ता पसल सामग्री, तरकारी खेतीका लागि सिँचाइ मोटर र दुग्ध व्यवसायमा प्रयोग हुने दूध एनालाइजर मेशिन जस्ता सामग्री नगर प्रमुख अब्दुल कलाम खाँले हस्तान्तरण गरेका थिए ।

बेल्डिङ गर्ने सिप भए पनि मेसिन अभावले सिपको उपभोग गर्न नपाई रहेकोमा बेल्डिगं मेसिन प्राप्त भए पछि त्यसलाई आज आर्जन सँग जोड्ने उद्यमी राजमति लोहारले बताइन् । अब आफु आत्म निर्भर भएर व्यवसाय प्रवद्र्धन गर्ने उनले जानकारी दिइन् । त्यसै गरी खुद्रा पसलको सामग्री पाएकी उद्यमी निलम कुर्मीले सामग्रीको सदुपयोग गर्दै बचत र लगानी बृद्धि गर्ने बताइन् ।

गैर सरकारी संघ संस्था समन्वय शाखा प्रमुख सलमान खानले उद्यमीलाई दिइएको सामग्रीले सशक्तिकरण र स्वरोजगार बन्न सहयोग पुग्ने बताए । समाजसेवी राम अचल कुर्मीले उद्यमीले पाएको सामाग्रीले उनीहरुमा स्वरोजगार र आयआर्जनको सुनिश्चितता गर्ने बताए ।

साना व्यवसाय सञ्चालन गर्न श्रोत अभावले सिप प्रयोग गर्न नपाएका उद्यमीका लागि सामग्री सहयोगले सिप सदुपयोगको संभावना जुराएको हाम्रो शक्ति परियोजनाकी संयोजक धनकुमारी चौधरीले बताइन् । यस्ता उपयोगी सहयोगका कार्यक्रमहरूले स्थानीय तहमा आत्मनिर्भरता र स्वरोजगार सृजनामा महत्वपूर्ण भूमिका खेल्ने महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलाम खाँले बताए ।

‘हाम्रो शक्ति’ परियोजनाले स्थानीय आर्थिक सशक्तिकरण, स्वरोजगार प्रवद्र्धन र सामाजिक समावेशीतामा उल्लेखनीय योगदान पु¥याएको अन्य उद्यमीहरुको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?