काठमाडौँ, ३० जेठ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रले आत्मसमर्पण गरेको आरोप लगाएका छन् ।प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले माओवादी केन्द्रले सत्ता पक्षसँग आत्मसमर्पण गरेर संसद् खुलाउन भूमिका खेलेको आरोप लगाएका छन् । ‘प्रमुख प्रतिपक्षी दलले वीरता र बहादुरीपूर्वक आत्मसमर्पण गरेको सुनियो,’ लिङदेनले भने ।
माओवादी केन्द्रको प्रमुख सचेतक हितराज पाण्डेले संसद् खुलाउन भूमिका खेल्नु अनुरोध गरे पछि उनले सो टिप्पणी गरेका हुन् । नेकपा एमाले र माओवादी केन्द्र बिच दुइ बुदेँ सहमति भए पछि राप्रपाले सो टिप्पणी गरेका हो ।