Butwal Today

माधव नेपाल प्रतिनिधिसभाबाट निलम्बित, सभामुखले संसदमा गराए जानकारी

३० जेष्ठ २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा सांसद माधव कुमार नेपाल प्रतिनिधिसभाबाट निलम्बित भएका छन्। शुक्रबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको जानकारी दिँदै निलम्बनको कानुनी प्रक्रिया स्वतः लागू भएको घोषणा गरेका हुन्।

सभामुख घिमिरेले संसद्‌मा औपचारिक सूचना पढेर सुनाउँदै संविधान तथा कार्यविधि अनुसार भ्रष्टाचार मुद्दा दर्ता भएसँगै सांसदको पद स्वतः निलम्बन हुने व्यवस्था कार्यान्वयनमा आएको स्पष्ट पारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?