Butwal Today

प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने

३० जेष्ठ २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओली आगामी असार तेस्रो साता स्पेन भ्रमणमा जाने भएका छन्। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले उक्त जानकारी दिएकी हुन्। उनका अनुसार प्रधानमन्त्री ओली असार १६ गतेदेखि १९ गतेसम्म स्पेनको सेभिल सहरमा आयोजना हुने विकासको लागि वित्तपोषण सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने कार्यक्रम तय भएको हो।

परराष्ट्रमन्त्री राणाका अनुसार सम्मेलनको तयारीका लागि नेपालले महत्वपूर्ण पहल गरिसकेको छ। केही दिनअघि सम्पन्न एक भर्चुअल बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधनसमेत गरिसकेको उल्लेख गर्दै उनले सम्मेलनमा नेपालको सहभागिता प्रभावकारी हुने विश्वास व्यक्त गरिन्। साथै, नेपाल उक्त सम्मेलनको आयोजक समिति सदस्य पनि रहेको जानकारी दिइएको छ।

स्पेन भ्रमणसँगै नेपालको अन्तर्राष्ट्रिय मंचमा सक्रियता र उपस्थिति अझ सशक्त हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?