© २०२३
काठमाडौँ, ३० जेठ ।
प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले रोष्ट्रममा पुगेर नाराबाजी गरिरहेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बिचमा दुई बुँदे सहमति भए पछि संसद् सुरु भए पछि गृह मन्त्री रमेश लेखकले बोल्दै गर्दा रास्वपा र राप्रपाले संसद्मा राजीनामा माग्दै नाराबाजी गरेका हुन ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले भने उभिएर विरोध जनाएका थिए । यसअघि माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपाको सांसद मनिष झाले बोले पछि गृह मन्त्री लेखकले आफ्नो धारणा राखिरहेका छन् ।
सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका सांसद पाण्डेलाई समय दिए पनि रास्वपा र राप्रपाले टेबुल ठोकेर विरोध जनाएका थिए । भिजिट भिसा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजीनामा दिनु पर्ने तथा छानबिन समिति बनाउनु पर्ने माग उनीहरूको रहेको छ ।