Butwal Today

गृहमन्त्रीको आरोप : नक्कली जाहेरी र जालसाजहरूको योजनाबारे जानकारी पाइसकेँ

३० जेष्ठ २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले आफूविरुद्ध नियोजित रूपमा नक्कली जाहेरी लेखाएर विभिन्न ठाउँमा मुद्दा दर्ता गर्ने प्रयास भइरहेको गम्भीर आरोप लगाएका छन्। शुक्रबार, १८ दिनपछि बसेको प्रतिनिधिसभाको बैठकमा भिजिट भिसा प्रकरणमा उठेका आरोपबारे जवाफ दिँदै, उनले प्रत्यक्षरूपमा नाम नलिए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि यस्तो कार्य गरिरहेको संकेत गरेका छन्।

उनले भने, “पार्टी कार्यालयमा नक्कली व्यक्तिलाई बोलाएर मेरो विरुद्ध मुद्दा दर्ता गराउने योजना बनाइएको कुरा मलाई थाहा भइसकेको छ। यस्तो किर्ते र अमर्यादित अभ्यास गरेर राजनीतिक फाइदा लिन खोज्नु दुर्भाग्यपूर्ण हो।”

गृहमन्त्री लेखकले यस्ता अपमानजनक गतिविधिहरू सह्य नहुने भन्दै चेतावनी दिएका छन्, “नक्कली पीडित खडा गर्ने र जालसाजी गर्नेहरूलाई पत्ता लगाएर कानुनी कारबाही हुन्छ।”

प्रतिनिधिसभामा उपस्थित रास्वपाका सांसदहरूतर्फ संकेत गर्दै उनले थपे, “तपाईंहरूको पार्टी कार्यालय नै जालसाजीको अड्डा बन्न लागिरहेको छ, तपाईंहरू सचेत हुनुपर्छ। किनभने तपाईंहरू आशा बोकेको शक्ति हो।”

गृहमन्त्रीको यो प्रतिक्रिया हाल चलिरहेको भिजिट भिसा विवादसँगै थप राजनीतिक आरोप–प्रत्यारोपको तरंग पैदा भएको संकेत हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?