Butwal Today

काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक, आइतबार बस्ने

३० जेष्ठ २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ, ३० जेठ ।

सत्तारुढ दल नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको  छ। आगामी असार १५ गते आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानोपामा बस्ने गरी बैठक बोलाइएको हो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि आग्रह गरिएको छ ।

बैठकमा विकसित राजनीतिक घटनाक्रम, सत्ता सहकार्यको समीक्षा, पार्टीको १५ औँ महाधिवेशनको तयारीलगायतको विषयमा छलफल हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?