Butwal Today

एमाले–माओवादी केन्द्रबीचको दुई बुँदे सहमति प्रति रास्वपा र राप्रपाको असहमति

३० जेष्ठ २०८२, शुक्रबार
अ+
अ-

 काठमाडौं ।

सत्ता साझेदार नेकपा एमाले र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रबीच दुई बुँदे सहमति भएपछि संसदमा नयाँ राजनीतिक बहस सुरु भएको छ। एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले हस्ताक्षर गरेको यो सहमतिप्रति अन्य विपक्षी दलहरू, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), असन्तुष्ट देखिएका छन्।

रास्वपा र राप्रपाले सहमति प्रक्रियामा आफूहरूको सहभागिता नरहेको र सहमतिका विषयवस्तुबारे पूर्व जानकारी समेत नदिइएको भन्दै असहमति जनाएका हुन्। दुबै दलले सहमति स्वाभाविकरूपमा संसदको समग्र हित र कार्यप्रणालीमा असर पुर्‍याउन सक्ने जनाउँदै आपत्ति प्रकट गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?