© २०२३
बुटवल, ३० जेठ । राष्ट्रिय शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा शुरु भएको एनईसिए लुम्बिनी ईन्टर–कन्सल्टेन्सी ईन्डोर क्रिकेट कप प्रतियोगितामा पहिलो दिन १८ वटा खेलहरु सम्पन्न भएका छन् । परामर्शदाताहरुका बिचको सम्बन्ध बलियो बनाउँदै एकजुट गराउने उदेश्यसहित आयोजना भएको प्रतियोगितामा ३६ टिमहरु बिचमा एक एक खेल भएको खेल संयोजक दुर्गा पन्थीले बताए । प्रतियोगिता अन्तरगत शनिबार क्वाटरफाईनल, सेमिफाईनल र फाईनल खेल हुनेछ ।
लुम्बिनी क्रिकेट एरिनामा जारी प्रतियोगितामा ईण्डोर खेल तथा ६ ओभरको खेलाईएको अध्यक्ष गणेश पौडेलले बताए । उपाधि विजेता टिमले नगद २५ हजार र उपविजेता टिमले नगद १५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।
यसैगरि विधागत सर्वोत्कृष्ट खेलाडी २५ सय र उत्कृष्ट ब्याट्सम्यान र बलरलाई १५ सय रुपैया, कपबाट पुरस्कृत गरिने उनले बताए । समापन समारोहमा पूर्व राष्ट्रिय टोलीका खेलाडी शक्ति गौचन विशेष उपस्थिती रहने खेल संयोजक पन्थीले बताए ।