ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

अहमदाबाद दुर्घटनामा बाँचेका एक मात्र यात्रुलाई भेटे मोदीले

३० जेष्ठ २०८२, शुक्रबार
३० जेष्ठ २०८२, शुक्रबार

अहमदाबाद, ३० जेठ ।

अहमदाबादमा बिहीबार भएको विमान दुर्घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदी आज त्यहाँ पुगेका छन् । सो क्रममा उनले घटनास्थलको अवलोकन गरेका थिए । त्यहाँ उनी १० मिनेट बसेका थिए भने त्यसपछि सिभिल अस्पताल पुगे, जहाँ दुर्घटनामा घाइते भएकाहरूको उपचार भइरहेको छ ।

प्रधानमन्त्री मोदीले अहमदाबाद विमान दुर्घटनाका एक मात्र बाँचेका विश्वकुमार रमेशलाई पनि अस्पतालमा भेटेका थिए। प्रधानमन्त्री मोदीले रमेश विश्वकुमार रमेशको हात समातेर हौसला दिए । यस क्रममा विश्वकुमार रमेशको अनुहारमा राहतको भाव देख्न सकिन्थ्यो ।

विश्वकुमार रमेशले भने, ‘मेरो आँखा अगाडि सबै भयो तर म कसरी बाँचेँ, मलाई नै थाहा छैन । केही समयको लागि म पनि मर्छु कि जस्तो लाग्यो तर जब मेरो आँखा खोल्यो, म जीवित थिए। मैले मेरो सिट बेल्ट हटाउन खोजे। यसपछि म त्यहाँबाट निस्किएँ । एयर होस्टेस र अन्य मानिसहरू मेरो आँखा अगाडि मरे। टेकअफ पछि ५–१० सेकेन्ड भित्र सबै कुरा भयो।’

बोइङ ७८७ ड्रिम लाइनरमा २४२ यात्रु र चालक दलका सदस्य सवार रहेको उक्त यात्रु विश्वकुमार रमेश आफ्नो भाइसँग लण्डन जाँदै थिए । अहमदाबाद सिभिल अस्पतालको ट्रमा वार्डमा कार्यरत डा. शारिक एमले रमेशलाई अस्पतालमा भर्ना गरिएको र उनको अवस्था स्थिर रहेको बताए।

बिहीबार दिउँसो अहमदाबाद एयरपोर्टबाट उडान भरेको केही मिनेट मै लन्डनका लागि उडेको एयर इन्डियाको विमान यहाँको मेडिकल कलेज क्याम्पसको हाेस्टेल माथि दुर्घटनाग्रस्त भएको थियो। यस दुर्घटनामा विमानमा सवार सबैको ज्यान गएको आशंका गरिएको छ ।

अहमदाबाद एयरपोर्टमा अवतरण गरे लगत्तै प्रधानमन्त्री मोदी मेघानीनगर घटनास्थल पुगेका थिए। जब विमान यहाँ खस्यो, त्यसपछिको अवस्था के थियो भनेर उनले थाहा पाए । यस क्रममा प्रधानमन्त्री मोदी निकै गम्भीर र दुःखी देखिन्थे । प्रधानमन्त्री मोदीले विमान खसेपछि आगो लागेको भवनसमेत हेरेका छन् ।

घटनास्थल पुगेपछि प्रधानमन्त्री मोदीले अवस्थाको जानकारी लिएका थिए । यसपछि प्रधानमन्त्री मोदीले पनि अस्पताल गएर घाइतेहरूलाई भेट्नसमेत लागेका छन् । मोदीले दुर्घटनाको समीक्षा बैठक पनि गर्नेछन्। यस अवधिमा उनले दुर्घटनादेखि अहिलेसम्मको हरेक अपडेट लिनेछन्।

बोइङ ७८७ ड्रिमलाइनर (एआई १७१) सहरको सिभिल अस्पताल र बीजे मेडिकल कलेज क्याम्पस, सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएको घन्टौँ बितिसक्दा पनि मृत्यु हुनेको सङ्ख्याबारे आधिकारिक जानकारी आएको छैन।

विमानमा दुई पाइलट र १० चालक दलका सदस्यसहित २४२ जना सवार थिए। एयर इन्डियाका अनुसार विमानमा सवार २३० यात्रुमध्ये १६९ भारतीय, ५३ बेलायती, एक क्यानडाली र सात पोर्चुगिज नागरिक थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?