ट्रेंडिंग:

>> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने

अभिनेत्री करिश्मा कपुरका पुर्व पतिको निधन

३० जेष्ठ २०८२, शुक्रबार
३० जेष्ठ २०८२, शुक्रबार

मुम्बई, ३० जेठ ।

बलिउड अभिनेत्री करिश्मा कपुरका पूर्व पति तथा व्यवसायी सञ्जय कपुरको ५३ वर्षको उमेरमा बेलायतमा निधन भएको छ । सञ्जय कपुरको पोलो खेलको क्रममा हृदयाघातका कारण निधन भएको हो । उनको निधनले परिवार र साथीभाइ स्तब्ध भएका छन् । दिवङ्गत सञ्जय कपूरका धेरै साथीहरूले सामाजिक सञ्जालमा उनको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

सुहेल सेठले सञ्जय कपुरको मृत्युको पुष्टि गरेका छन्  । प्रसिद्ध अभिनेता र लेखक सुहेल सेठले सञ्जय कपूरको निधनको पुष्टि गरेका हुन् । सामाजिक सञ्जाल एक्समा एक भावनात्मक पोस्टमा शोक व्यक्त गरेका छन । उनले लेखेका छन्, ‘सञ्जय कपूरको निधनले गहिरो दुःखी भएको छ, उनको आज बिहान इङ्गल्यान्डमा निधन भयो, यो उनको परिवार र सोना कोमस्टार, ओम शान्ति उनका सहकर्मीहरूप्रति ठूलो क्षति र गहिरो समवेदना हो।’

एनडीटीभीको रिपोर्टका अनुसार सञ्जय कपूर गार्ड्स पोलो क्लबमा पोलो खेल्दै गर्दा निसास्सिएको महसुस भएको उनको नजिकको स्रोतले बताएको छ । उनले खेल रोक्न अनुरोध गरेका थिए र त्यसपछि मैदानबाट बाहिर निस्के । रिपोर्टका अनुसार सञ्जय कपुरले अचानक माहुरी निलेका थिए र घाँटीमा भएको डंकका कारण उनलाई हृदयघात भएको स्रोतले जनाएको छ ।

सञ्जय कपूर एक व्यापारी थिए। उनी सोना कमस्टारका अध्यक्ष थिए र भारतीय अटोमोटिभ उद्योगका नेताहरूमा गनिन्थ्यो। एक शौकीन पोलो खेलाडी, उनी सोना पोलो टोलीको मालिक थिए र सक्रिय रूपमा खेलमा भाग लिने गर्दथे । उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै खाले प्रतियोगिताहरूमा भाग लिएका छन् ।

बलिउड अभिनेत्री करिश्मा कपूर र सञ्जय कपूरले सन् २००३ मा विवाह गरेका थिए तर उनीहरुको वैवाहिक जीवनमा धेरै वर्षसम्म समस्या रह्यो र उनीहरु सन् २०१४ मा कटु सम्बन्धका साथ छुट्टिएका थिए । दम्पतीका दुई सन्तान छन्, एक छोरी समाइरा र एक छोरा कियान ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?