Butwal Today

बढ्यो विदेशी मुद्रा विनिमय दर, डलर–युरोको भाउमा वृद्धि

३० जेष्ठ २०८२, शुक्रबार
अ+
अ-

 काठमाडौं ।

आज अमेरिकी डलर, युरो, पाउन्ड स्ट्रलिङ लगायतका प्रमुख विदेशी मुद्राको भाउमा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३७ रुपैयाँ २७ पैसा रहेको छ। हिजोको तुलनामा डलरको खरिद र बिक्री दुवै दरमा १५ पैसाको वृद्धि भएको हो।

त्यस्तै, युरोपियन युरोको मूल्य पनि उकालो लागेको छ। युरो एकको खरिददर १५८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५९ रुपैयाँ १४ पैसा पुगेको छ। हिजोको दरभन्दा युरोको मूल्य झण्डै २ रुपैयाँ ५० पैसाले बढेको हो।

बेलायती पाउन्ड स्ट्रलिङको भाउमा समेत उछाल देखिएको छ। आज पाउन्ड एकको खरिददर १८५ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४८ पैसा पुगेको छ, जुन हिजोको तुलनामा करिब १ रुपैयाँ ५७ पैसाले बढी हो।

स्वीस फ्र्याङ्कको दर पनि आज उच्च छ। खरिददर १६८ रुपैयाँ २५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९९ पैसा कायम गरिएको छ।

विदेशी मुद्राको दरमा आएको आजको वृद्धि आयात–निर्यात, रेमिट्यान्स कारोबार तथा पर्यटन क्षेत्रका लागि विशेष चासोको विषय बन्ने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?