ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

एक सजीव संसारप्रति हाम्रो उत्तरदायित्व

३० जेष्ठ २०८२, शुक्रबार
३० जेष्ठ २०८२, शुक्रबार

जब ग्रीष्मकाल आउँछ, हामी मानिसहरू तुरुन्तै यसको तयारी गर्न थाल्छौँ । गर्मीको मौसम लागेसँगै छाता, चस्मा, चिसो पेय पदार्थ, हल्का कपडा, पङ्खा, एसी सबै कुराको व्यवस्था मिलाउन हामी  सक्रिय हुन्छौँ । तर के हामीले  कहिल्यै सोचेका छौँ  ती सडकमा हिँड्ने कुकुर, खुल्ला ठाउँमा बाँधिएका गाईभैंसी, झ्यालबाहिर बस्ने पक्षी, या जङ्गलभित्र बाँचिरहेका जनावरहरूको अवस्था के हुन्छ ?

“गर्मी त जनावरलाई पनि हुन्छ होला नि?” – यो प्रश्न केवल कौतूहल होइन, यो प्रश्न आत्म अन्वेषणको विषय हो। किनभने हामी मानिस मात्रै होइनौँ यो धर्तीका सजीव पनि हौँ ।  यो धर्तीमा, हामीसँगै अन्य थुप्रै सजीवहरू छन्, जसको जीवन पनि हाम्रो जस्तै मौलिक र महत्त्वपूर्ण छ। तर ती बिचराहरूले न गुनासो गर्न सक्छन्, न सहयोग माग्न सक्छन् न त समस्याको समाधान नै  तिनीहरूको व्यथा मौन छ र दर्दनाक छ ।

जनावरहरू पनि त प्राणी हुन उनीहरूलाई पनि त गाह्रो हुन्छ । हामी जब ४० डिग्री सेल्सियसको तापमा सास फेर्नै गाह्रो हुन्छ भनेर गुनासो गर्छौँ, तब हाम्रो छेउमै बसिरहेको एक कुकुर तिर्खाउँदै  पानी खोजिरहेको हुन सक्छ। अप्ठ्यारो गर्मीमा, उसलाई आराम चाहिएको हुन सक्छ छायाँ चाहिएको हुन सक्छ ।  ठिक त्यही जस्तै जसरी हामीलाई चाहिन्छ।

जनावरहरूको शारीरिक बनावट पनि गर्मी सहन सक्ने तरिकामा सीमित हुन्छ। उनीहरूसँग पसिना आउने सुविधा छैन, जो शरीरको ताप घटाउने प्राकृतिक माध्यम हो। केही जनावरहरू केवल हाफेर वा जिब्रो लपलपाएर शरीरको ताप घटाउने प्रयास गर्छन्, जुन प्रायः अपर्याप्त हुन्छ।

कसरी असर गर्छ गर्मीले ? 

१. पाल्तु जनावरहरूमा असर

पालिएको कुकुर, बिरालो जस्ता जनावरहरू घरभित्र भए पनि यदि सही स्याहार गरिएन भने गर्मीको सिकार बन्न सक्छन्। प्रचण्ड गर्मीमा कुकुरहरू हाफिन थाल्छन्, थकाइ महसुस गर्छन्, पानी नपाए बेहोस पनि हुन सक्छन्।

२. घरेलु जनावरहरूमा असर

गाई, भैँसी, बाख्रा जस्ता जनावरहरू खेतीपातीमा सहयोगी मात्र होइनन्, हाम्रो खाद्य प्रणालीका अभिन्न हिस्सा हुन्। गर्मीले यी जनावरहरू थाक्छन्, कम खान्छन्, उत्पादन घटाउँछन् — दूध कम हुन्छ, स्वास्थ्य कमजोर बन्छ।

३. वन्य जनावरहरू र पक्षीहरूमा असर

पानीको अभाव, बढ्दो तापक्रम र मानव अतिक्रमणका कारण वन्य जनावरहरूको जीवन अस्तव्यस्त बन्दै गएको छ। डढेलोले त उनीहरूको बास नै नष्ट गरिदिन्छ। पंक्षीहरू त घाममा भोकै तिर्खै मरेका दृश्यहरू हामीले थुप्रै पटक देखेका छौँ  तर हामी कति गम्भीर भएका छौँ?

हामीले के गर्न सक्छौँ?  केही साना प्रयासहरू

१. छायाँ र पानीको प्रबन्ध

हामीले जनावर एवं पशुपंक्षीहरुको लागि घर वरिपरि भएका जनावरहरूका लागि पानीको भाँडो राख्न सक्छौँ । गर्मीमा तिर्खाएका जनावर एवं पशुपन्छीहरूलाई धेरै राहत मिल्दछ।  खेतमा बाँधिने जनावरहरूका लागि पाल वा ओतको व्यवस्था गरौँ यसो गर्नाले उनीहरू शीतलतामा बस्न पाउँछन् र हदसम्म उनीहरू राहत मिल्दछ ।

२. सडक जनावरप्रति संवेदनशील बनौँ 

हामीले देखेका छौँ सडका हिँड्दा कतिपय जनावरहरू पानी खान नपाए तड्पिरहेका हुन्छन् । यस्तो प्रचण्ड गर्मीमा सडकमा भेटिने कुकुर वा बिरालो जस्ता जनावरहरूलाई कहिलेकाहीँ चिसो पानी, खानेकुरा दिन सकिन्छ। धेरै तिर्खाएका जनावरहरू पानी देख्दा झन् बाँच्ने आशा देख्छन्।

३. पंक्षीहरूका लागि पानी र दाना

हामीले दैनिक जीवनमा पानीको प्रयोग अत्यधिक मात्र गरिरहेका हुन्छौँ । पानीको प्रयोग गर्ने क्रममा हामीले चराचुरुङ्गीहरूको लागि घरको झ्याल वा छतमा सानो भाँडोमा पानी राख्न सकिन्छ। थोरै चामल वा मकै पनि राख्दा थुप्रै चराहरूलाई राहत मिल्छ। यो प्रयास सानो लाग्न सक्छ, तर त्यसबाट धेरै जना पक्षीहरूको ज्यान जोगिन सक्छ।

४. आफ्ना पाल्तु जनावरहरूको निगरानी

आज धेरै जसो मानिसहरूको घरमा पाल्तु जनावरहरू छन् । ती घरपालुवा जनावरहरूलाई  गर्मीमा लुगा नलगाइदिने, बिहान-बेलुकीमात्र बाहिर लैजाने, प्रशस्त पानी दिने र गर्मीको बेला सानो ह्यान्डफ्यान वा कुलर नजिक राख्ने उपाय अपनाउने गरौँ ।

५. सन्देश फैलाऔँ

हामीले जनाका विषयमा सामाजिक सञ्जाल देखि लिएर विद्यालयमा जनावरको पीडा र गर्मीको असरबारे चर्चा गर्ने गरौँ जसले गर्दा जनावरलाई प्रचण्ड गर्मीबाट केही राहत मिलोस् ।

करुणा बिना बाँच्न सकिँदैन ? 

“गर्मी त जनावरलाई पनि हुन्छ होला नि ? ”  उनीहरू पनि त सास फेर्ने, दुःख महसुस गर्ने प्राणी हुन्। हाम्रो सानो ध्यान, थोरै माया र कर्तव्यबोधले उनीहरूको जीवनमा ठूलो अन्तर ल्याउन सक्छ। हामीले सधैं भन्ने गर्छौँ, “मानवता महान हो।” तर मानवता केवल मानवमाझ मात्र  सीमित हुन हुँदैन। सजीवप्रति संवेदनशीलता, करुणा र सहयोगको भावना नै साचोँ मानवता हो । यसले नै हामीलाई पूर्णरूपमा मानव भएको महसुस पनि हुने गर्दछ ।  जनावर चुप छन्, तर उनीहरूको मौनता वेदनाले भरिएको छ। त्यसैले, हामी सुन्ने प्रयास गरौँ उनीहरूलाई महसुस गरौँ। गर्मी त उनीहरूलाई पनि हुन्छ, एकपटक मनन गरौँ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?